arrow

आर्थिक कानूनबारे प्रशिक्षण गर्ने सम्झौता

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
sejon.png

काठमाडौँ ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) र भरतराज उप्रेती फाउण्डेशनबीच आर्थिक कानूनबारे प्रशिक्षण गर्ने सम्झौता भएको छ ।

आर्थिक क्षेत्रका कार्यरत पत्रकारको संस्था सेजन र स्वर्गीय न्यायाधीश र वरिष्ठ कानून व्यवसायी भरतराज उप्रेतीको स्मृतिमा स्थापित फाउण्डेशनबीच व्यावसायिक कानूनसम्बन्धी विषयमा जानकारी प्रदान तथा क्षमता अभिवृद्धि गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपालको कानून तथा न्याय प्रणाली र व्यावसायिक कानून, ऊर्जा र पूर्वाधार निर्माण तथा सञ्चालनसम्बन्धी कानून, सार्वजनिक खरिदसम्बन्धी कानून तथा बौद्धिक सम्पत्तिको संरक्षण, उपभोक्ता संरक्षण र प्रतिस्पर्धासम्बन्धी कानूनबारे प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

कानूनसम्बन्धी प्रशिक्षण सम्झौतामा सेजनका अध्यक्ष पुष्पराज आचार्य र फाउण्डेशनका तर्फबाट अध्यक्ष अञ्जु उप्रेती ढकालले हस्ताक्षर गरे। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ