मतगणना घोटाला मुद्दामा काँग्रेस नेता खड्काको सक्कल मुचुल्का ल्याउन आदेश 


प्रकाशित

तस्वीर : वेव

काठमाडौँ । सर्वोच्च अदालतले संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्काको सक्कल मतगणना मुचुल्का झिकाउने आदेश दिएको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज खड्काको निर्वाचनको सक्कल मुचुल्का झिकाउन निर्वाचन आयोगका नाममा आदेश दिएको हो । 

मतगणनामा घोटाला भएको भन्दै खड्काले पुनः मतगणनाको आदेशको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सो मुद्दाको गत पुस ७ गते भएको सुनुवाइमा संवैधानिक इजलासले निर्वाचन आयोगलाई मतगणनाको मुचुल्का झिकाउन भनेको थियो । आयोगलाई आफूले प्राप्त गरेको सक्कल मुचुल्का संवैधानिक इजलासमा पेश गर्न आदेश दिएको हो । 


 


प्रतिक्रिया :

नयाँ