arrow

टेष्ट मान्यता प्राप्त न्यूजिल्याण्डविरुद्ध दोस्रो जित, दोहोरियो प्लेट च्याम्पियनसिपको इतिहास

यू–१९ विश्वकप

logo
प्रकाशित २०७२ माघ १४ बिहिबार
cricket-U-19-worldcup-1-.jpg.jpeg
काठमाडौं। बंगलादेशमा जारी आइसीसी अण्डर–१९ विश्वकप क्रिकेटमा नेपालले न्यूजिल्याण्डविरुद्ध शानदार प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा समूह डी मै रहेको न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै विजयी सुरुवात गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको नेपालले दिएको दुई सय ३९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्ड १७ बल खेल्न बाँकी छँदै अलआउट भएर मात्र दुई सय ६ रनमा समेटियो । योसंगै नेपालले अघिल्लो चरण प्रवेशको बाटो खुल्ला गरेको छ  । सन् २००६ को विश्वकप प्लेट च्याम्पियनसिपमा न्यूजिल्याण्डलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो।
 
न्यूजिल्याण्डविरुद्धको अर्को सफलताका रुपमा नेपाली खेलाडीले फेरि एकपटक गर्विलो प्रदर्शन गरेका छन् । खान शाहेव ओस्मान अली स्टेडियम फतुल्लाहमा भएको खेलमा पहिले व्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको थियो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रन बनाए । ओपनर सन्दीप सुनार र आरिफ शेखले समान ३९–३९ रन जोडे । आठौँ क्रममा आएका कुशाल भुर्तेलले आक्रमक व्याटिङ्ग गरे उनले ३० बलको सामना गर्दै नटआउट ३५ रन बनाए । यस्तै, राजबिरले २४, सुनील धमलाले १५ तथा दिपेश ऐरीले १६ रन बनाए । बलिङतर्फ न्यूजिल्याण्डका नाथन स्मिथले ५८ रन खर्चेर ३ विकेट झारे । खेलमा १२ रन नेपालले अतिरिक्त पायो । 
 
न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले ५२ रनको बनाए । उनलाई प्रेम तामाङले शखर रानाको हातबाट क्याच गराए । अर्को ब्याट्सम्यान जोस फिनेइले ३७ रन र डेन फेलिप्सले २९ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् । न्यूजिल्याण्डको व्याटिङ कमजोर पार्न दिपेन्द्र ऐरीले उत्कृष्ट बलिङ्ग गरे । उनले ५ ओभर बलिङ्ग गर्दै २४ रन खर्चेर ३ विकेट लिए । प्रेम तामाङले १० ओभरमा ३८ रन खर्चेर २ विकेट झारे । नेपालका सुशील कंडेलले फेरि किफायती बलिङ्ग गरे । कंडेलले १० ओभरमा १ मेडन राख्दै कुनै विकेट नझारे पनि २९ रन मात्र दिए । 
 
न्यूजिल्याण्डको व्याटिङ कमजोर पार्न दिपेन्द्र ऐरीले उत्कृष्ट बलिङ्ग गरे । उनले ५ ओभर बलिङ्ग गर्दै २४ रन खर्चेर ३ विकेट लिए । प्रेम तामाङले १० ओभरमा ३८ रन खर्चेर २ विकेट झारे । नेपालका सुशील कंडेलले फेरि किफायती बलिङ्ग गरे । कंडेलले १० ओभरमा १ मेडन राख्दै कुनै विकेट नझारे पनि २९ रन मात्र दिए । 
निर्णायक आत्मविश्वास
न्यूजिल्याण्डविरुद्धको खेलमा नेपाली खेलाडीले आफ्नो प्राकृतिक प्रदर्शन गरेका छन् ।  ब्याटिङको क्रममा उत्कृष्ठ सट छनोट, धैर्यता र समन्वयात्मक रणनीती तथा आत्मविश्वास साथ बिना कुनै दबाबको खेल पस्के । न्यूजिल्याण्डको तीब्र बलिङको चुनौतीमा सम्हालिँदै  चलाखिपूर्ण खेलको उदाहरण प्रस्तुत गरे । बलिङमा समेत टेष्ट मान्यता प्राप्त राष्ट्रको युवा टोलीविरुद्ध एक तर्फबाट रन रोक्दै अर्को तर्फ विकेट लिने आक्रामक रणनीतीले निरन्तरता पायो ।
 
बलिङ गर्दै सुरुवात देखि नै विपक्षी खेलाडीलाई दबाबमा राखेर खेल जित्न सफल नेपाली युवा सक्षम रहे । यो जितसगैँ नेपालले न्यूजिल्याण्डलाई १० वर्ष भित्र भएका दुई महत्वपूर्ण प्रतियोगितामा हराएको रेकर्ड बनाएको छ । उमेर समूहको विश्वकपकै कुरा गर्दा नेपालले दुई पटक न्यूजिल्याण्डलाई स्तब्ध पारेको छ । जितसंगै नेपालले सन् २००६ को प्लेट च्याम्पियनसिपको फाइनलमा १ विकेटले हराउएको रोचक इतिहासलाई सम्झाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ