arrow

एमाले नेताले वैठकमा आएकालाई कुट्दै च्याते वैठक पुस्तिका

स्थानीयले गरे सिद्धार्थ राजमार्ग अवरुद्ध

logo
श्रीकृष्ण सिग्देल।
प्रकाशित २०७२ माघ १४ बिहिबार
baithak-pustika.jpg.jpeg
स्याङ्जा। स्याङ्जाको गल्याङ् स्थित भानुभक्त उच्च माविमा प्राचार्यको नियुक्तिको बिषयलाई लिएर स्थानीय र एमाले कार्यकर्ता विच झडप भएको छ। एक महिना अगाडी राजिनामा दिएका कृष्णप्रसाद बस्यालको ठाँउमा नेपाली काँग्रेस, एमाले, एमाओवादी लगायतका दलविच भएको सहमति विरुद्ध एमालेका किसान श्रेष्ठले बैठक भित्र हातपात गरेपछि स्थानीय र एमाले विच झडप भएको हो।
 
झडप पछि स्थानीयले सिद्धार्थ राजमार्ग अवरुद्ध गरेका हुन्। युवा संघका क्षेत्रीय अध्यक्ष समेत रहेका श्रेष्ठले बैठक पुस्तिका च्यातेपछि गल्याङ अहिले तनावग्रस्त रहेको छ। 
 
प्राचार्य बस्यालले वालकृष्ण न्यौपानेलाई जिम्मेवारी दिएको र विद्यालय व्यवस्थापन समितिले श्यामलाल रिजाललाई प्रशासनको जिम्मेवारी दिएका थिए। विद्यालयको प्रशासन दुई जना शिक्षकबाट संचालन हुदै आएपछि विद्यालय व्यवस्थापन समितिले प्राचार्य नियुक्तिको विषयमा सबै राजनीतिकदलहरु विच सहमतिका आधारमा कार्यदल गठन गरिएपनि एमालेले कार्यदलले गरेको निर्णय नमानेपछि श्रेष्ठले बैठक पुस्तिका च्यातिदिदै स्थानीय समाजसेवी लालगोपाल माथी हातपात गरेपछि गल्याङ् तनावग्रस्त भएको हो।
 
स्थानीयहरुले हातपात गर्ने र बैठक पुस्तिका च्यात्ने श्रेष्ठलाई पक्राउ नगरेसम्म राजमार्ग अवरुद्ध गर्ने जनाएका छन्। गल्याङ्को स्थिति तनाव भएको थियो। स्थिति तनाव भएपछि शसस्त्र प्रहरी र जनपथ प्रहरी तैनाथ गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ