arrow

बिद्यार्थीहरुलाई ट्रयाकसुट तथा स्टेशनरी सामाग्रि बितरण गरि मनाइयो सरस्वती पूजा

logo
प्रकाशित २०७४ माघ ८ सोमबार
students-rotract-butwal-track-bitaran.jpg

बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल साउथले रुपन्देहीको देवदह १० मुढाबासस्थित जनकल्याण आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई ट्रयाकसुट तथा स्टेशनरी सामग्री बितरण गरेको छ ।

बिगत पाँच बर्ष देखि सो बिद्यालयलाई बिभिन्न सामाग्रि प्रदान गर्दै आएको क्लवले सोमबार एक कार्यक्रमको आयोजना गरी ट्रयाकसुट तथा स्टेशनरी सामग्री बितरण गरेको हो । 

कार्यक्रममा सो बिद्यालयमा अध्ययनरत ४५ जना बिद्यार्थी र शिक्षकहरुलाई समेत गरी ७० हजार बराबरको ५१ जोर ट्रयाकसुट तथा स्टेशनरी सामग्री बितरण गरिएको हो ।

रोट्रयाक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष दिपा पाठकको सभापतित्व र रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष तारानाथ कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर सलामी, प्रधानाध्यापक इन्द्र प्रसाद शर्मा, रोट्रयाक्ट क्लव अफ बुटवल साउथका प्रथम उपाध्यक्ष रमेश नेपाल, रोट्रयाक्ट क्लव अफ तिलोत्तमाका चार्टर प्रेसिडेण्ट मोहन न्यौपाने,कार्यक्रम संयोजक कृष्ण भुसाल, रोट्रयाक्ट क्लव अफ बुटवल साउथका इलेक्टेड प्रेसिडेण्ट प्रकाश खरेल,क्लवका सचिव टेक बहादुर बुढा लगायत कार्यक्रममा सहभागि थिए। 

६२ घरधुरीको बसोबास रहेको मुढाबास स्थित सो बिद्यालयमा ४५ जना बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् भने ४ जना शिक्षकहरुले अध्यापन गराउदै आएका छन् । 

नर्सरीदेखी कक्षा ४ सम्म सञ्चालित उक्त बिद्यालयमा ४ शिक्षक मध्ये २ जना मात्रै स्थायी दरवन्दीका र २ जना अस्थायी रहेको प्रधानाध्यापक शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ