arrow

सुबिधा सम्पन्न होटल सुरु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ माघ ९ मंगलबार
holiday_in_bajhang.JPG

बझाङ । बझाङमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्य नजर गरि करोडौको लगानीमा सुबिधा सम्पन्न होटलले सोमबार देखि सेवा सुचारु गरेको छ । सदरमुकाम चैनपुरको शान्तिमार्गमा होटेल होलिडे ईन नामक सुबिधा सम्पन्न होटेलको सोमवार एक औपचारिक कार्यक्रमका बिच उद्धाटन गरि सेवा सुचारु भएको हो ।

सात नम्बर प्रदेशका उच्च गुणस्तर भएका औलामा गनिने होटलहरु मध्ये कै सेवा सुबिधा दिने उदेश्यका साथ स्थापना भएको होटल होलिडे ईन बझाङ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरिय सेवा दिनका लागी सुरु गएिको छ । करोडौ रुपयाँको लगानी लगाएर जयपृथ्बी नगरपालिका को रिठापाटा घर भएका नगेन्द्र खड्काले उच्च गुण स्तर भएको सुबिधा सम्पन्न होटेल सन्चालनमा ल्याए संगै जिल्लाको पर्यटन क्षेत्रमा समेत ठूलो प्रगती भएको स्थानियबासी हरुको भनाई छ ।

६ तले उक्त होटेलमा एसी ,नन एसी , गरि १९ वटा कोठा रहेका छन् भने ति सबै एटेज रहेका छन् । साथै डिलक्स रेस्टुरेन्ट एण्ड बार , २ वडा डाईनिङ्ग कोठा , आर्कषक बैठक तथा तालिम हल समेत रहेको छ । त्यसै गरि चौबिसै घण्टा तातो चिसो पानि सहित को ब्यबस्था रहेका छ । प्रयाप्त पार्किङ्गको समेत ब्याबस्था रहेको उक्त बझाङगी हरुको समेत  सम्पती भएको उद्धाटन कार्यक्रममा आएका स्थानिय बासीले बताए ।

२० बर्ष अगाडी जर्मनमा बिताएका नगेन्द्र खड्काले केही बर्ष देखि बझाङमा हाडबेयर समाग्रीको होलसेल तथा फुटकर ब्यापारि समेत हुन । बिदेशमा रहदा पालेको खड्काको  सुबिधा सम्पन्न होटेल बनाउने सपना अहिल्य पुरा भएको उनले बताए । उनले भने ‘मैले बझाङमा एक सुबिधा सम्पन्न होटेल बनाएर यहाँ आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुका लागी गुणस्तरिय सेवा दिने र जिल्लाको पर्यटन क्षेत्र लाई प्रबर्धन गर्ने उदेस्यले खोलेको हुँ ।

झण्डै चार करोड लगानी लगाएर बनाएको होलिडे ईन सात नम्बर प्रदेशका उच्च गुणस्तर भएका होटेल मध्ये कै एक भएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताए । उनले भने ‘प्राय मैले सात नम्बर प्रदेशका सबै उच्च गुणस्तर भएका होटेलहरुको अबलोकन गरि सकेको छु, तर बझाङमा बनेको होलिडे ईन पनि ति होटेलहरु भन्दा कम्ती छैन्’। सात नम्बर प्रदेशका आर्कषक पर्यटकिय क्षेत्र रहेको यस जिल्लामा यस्तो सुबिधा सम्पन्न होटेलले जिल्लाको पर्यटन बिकासमा ठूलो योगदान दिएको जयपृथ्बी नगरपालिकाका प्रमुख बिरेन्द्र खड्काले बताए । उनले भने ‘नगेन्द्र खड्काले लगानी गरे पनि यो जिल्ला कै सम्पती हो, यस्ता किसमका उद्योग धन्दाहरुले बिकासमा निजी क्षेत्रको अनिबार्य उपस्थिती लाई महत्व दिन्छ’। विदेशमा काम गरेका अनुभवी कुकहरु सहित कर्मचारीहरु पनि बाहिर जिल्ला वाट ल्याएका हुदाँ होटल राम्रो चल्ने देखीन्छ ।  

बझाङको उत्तरी नाका चैनपुर ताक्लाकोटको सडक अव एक दुई वर्षमै काँडा धुली पुग्ने भएकाले साईपाल हिमाल र मानासोरवर जाने पर्यटक यो वाटो भएर आउन सक्ने हुदाँ त्यस वेला यो होटल पर्यटकहरुका लागी उपयुक्त भएको उद्धाटन कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिए ।

आवस प्रयोजनका लागि बनाएका घरमा होटल संचालन भएका जिल्लामा चार पाँच वटा अन्य होटल भएपनि तर होटल प्रयोजनका लागी घर र्निमाण भएर कर्मचारी नियुक्ति गरि संस्थागत रुपमा होटल संचालन भएको भने होलिडेईन् होटल मात्र हो । यस होटलले आन्तरिक तथा वाह्य पर्यटकको सेवामा बढी जोड दिने र स्थानिय अर्गानिक उत्पादनको परिकार बनाईने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ