arrow

प्रदेश २ मा ९ जनाको उम्मेदवारी

logo
प्रकाशित २०७४ माघ १० बुधबार

जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौजनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामका अनुसार खुलातर्फ नेपाली काँग्रेसका जितेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव, नेकपा (एमाले)का सुमनराज प्याकुरेल र नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दर्ता गराएका छन् ।

महिला सदस्यतर्फ काँग्रेसका मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरम नेपालका प्रमिला यादव र नेकपा माओवादी केन्द्रका शशिकला दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लालले मात्र उम्मेदवारी दर्ता गराएका छन् । दलिततर्फ संघीय समाजवादी फोरम नेपालका रामपृत पासवानले उम्मेदवारी दर्ता गराएका छन् ।  

प्रदेश नं २ मा प्रदेशसभा सदस्य १०७ र स्थानीय तहका २७२ गरी ३७९ जना मतदाता छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ