पद्मावतको विजोगः ८ राज्यमा हिंसा, ४ राज्यमा चलचित्र नदेखाइने
प्रकाशित २०७४ माघ ११ बिहिबार
501
Shares
काठमाडौं। बलिउड चलचित्र पद्मावतका कारण भारतमा हिंसा भड्केको छ। राजपूत संगठनको विरोधका कारण पद्मावत बिहिबार रिलिज भए पनि भारतकै आठ राज्यमा हिंसा भड्केको छ। बिहिबार झण्डै ७ हजार स्क्रिनमा रिलिज भएको यो चलचित्र भारतकै चार राज्यमा भने रिलिज नहुने भएको छ।
मध्यप्रदेश, गुजरात, राजस्थान र गोवामा यो चलचित्र हलमा नदेखाइने भएको छ। अन्य क्षेत्रका फिल्महलमा पनि सुरक्षा कडा पारिएको छ। राजपूत करणी सेनाले बिहिबार देशव्यापी बन्दको आब्हान गरेको छ। गुडगांवका अधिकांश स्कुलमा छुट्टी दिइएको छ। राजपूतहरुले यो चलचित्रले आफ्नो अपमान गरेको बताएका छन्। हिंसा भड्किँदा देशले थुप्रैको क्षति बेहोरेको छ।