arrow

सञ्चारमन्त्री बस्नेतले भने, ' सगुनलाई नेपालीको प्रोत्साहनको जरुरत '

क्यान इन्फोटेकमा सगुनको स्टलमा अवलोकनकर्ताको भिड, डाउनलोड गर्नेहरु बढे

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
sagoon-sancharmantri-mohan-basnet.jpg

काठमाडौं। सोसियल इकमर्स साइट सगुनले राजधानीमा जारी क्यान इन्फोटेकमा राखेको स्टलमा एप डाउनलोड गर्नेहरुको संख्या उल्लेख्य बढेको छ । सगुनले केही दिनअघि भारतको नयाँ दिल्लीबाट एन्डोइड मोवाइल एप सार्बजनिक गरेको थियो । पछिल्लो समय सगुनको मोवाइल एप डाउनलोड गर्नेहरु बढीरहेका छन् । 

कनेक्ट, सेयर र अर्न नारा लिएर आएको सगुनको एपबारे खासगरी युवाहरुको चासो देखिएको छ । सगुनका स्वयंसेवकहरुले मेलामा आउनेहरुलाई मोवाइल एप प्रयोग गर्ने तरिका सिकाइरहेका छन् । 

सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिन्छ । अल इन वन जस्तै छ सगुन एप । अर्थात् माइ डे एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमा समाहित छ । 

सगुनको स्टलमा संचारमन्त्री मोहनबहादुर बस्नेतले अभिरुचीपूर्वक अवलोकन गरेका थिए । उनले विदेशमा बसेका नेपालीले विकास गरेको सगुनलाई सबै नेपालीले प्रोत्साहन गर्नु पर्ने बताए । उनले नेपाललाई सूचना प्रविधिमा अगाडि बढाउन विदेशमा बसेका नेपालीको सीपलाई प्रयोगमा ल्याउनु पर्ने बताए । 

सगुन नेपालका अजयबाबु शिवाकोटीले मेलामा आउनेहरुले सगुनको एपमा निकै चासो दिएको बताए । उनले भर्खरै एन्ड्रोइड भर्सनमा आएको एप आइफोनको आइओएसमा समेत अबलोकनकर्ताले खोजेको जानकारी दिए । ‘आएफोनको एप स्टोरमा सगुनको एप कहिले आउँछ भनेर सोधिरहेका छन्,’ उनले भने, ‘अमेरिकामा बस्ने नेपालीले डेभलप गरेको सगुनप्रति सर्बसाधारणको चासो बढेको पाएका छौं ।’ उनले आइओएसमा छिट्टै उक्त एप सार्बजनिक गर्न डेभलपरहरुको टिमले काम गरिरहेको जानकारी दिए ।

सगुनले क्यान इन्फोटेकमा राखेको स्टलमा आउने अवलोकनकर्तालाई मोवाइल एप डाउनलोड गर्दा हात खालि नजाने विभिन्न आकर्षक उपहारको ब्यवस्था गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ