arrow

कर्माचार्य राखेपको कोषाध्यक्ष मनोनित

logo
प्रकाशित २०७४ माघ १४ आइतबार
Nepal_Sports_Council.jpeg

काठमाडौं । राखेपका बोर्ड सदस्य शैेलेश कर्माचार्य राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा मनोनित भएका छन् । राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष माननिय युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सी.ले रिक्त रहेको परिषदको कोषाध्यक्ष पदमा मन्त्रिस्तरिय निर्णयानुसार कर्माचार्यलाई मनोनित गरेका हुन् ।

“खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा ३ बमोजिमको ब्यवस्था अनुसार रिक्त रहेको राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष पदमा तपाईलाई मनोनित गरिएको छ” युवा तथा खेलकुद मन्त्री राजेन्द्र के.सी.द्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ ।

कर्माचार्य पूर्व प्रधानमन्त्री सुशिल कोईराला सरकारको पालामा मन्त्री परिषद्को २०७२ साल असोज ३ गतेको निर्णयानुसार राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा नियुक्त भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ