arrow

दिल्लीले भन्यो ‘सन्दीप आफ्नो क्षमताले हाम्रो टिममा परे’

logo
प्रकाशित २०७४ माघ १५ सोमबार
sandeep-delhi.jpg

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आफ्नै क्षमताले इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको टिम दिल्ली डेयर डेभिल्समा अनुबन्धित भएको  दिल्लीले नै स्पष्ट पारेको छ । 
दिल्लीका सीइओ हेमन्त दुवाले सन् २०१६ को फ्रेन्चाइजमै सन्दीप लामिछानेको चर्चा भएको बताएका छन् । 

दुवाले सन् २०१६ देखि सन्दीपलाई क्लवले पछ्याउँदै आएको र बल्ल अहिले टिममा लिइएको बताए । इन्डियन एक्सप्रेसलाई बताउँदै दुवाले भने, ‘हामीहरुले सन्दीपको भिडियो हेर्यौं, केही बल फ्याल्न समेत लगाइयो, उनी पूर्ण रुपले सफल भए, अनिमात्र हामीले लियौं, दुनियाँमा कमैमात्र स्पिनर छन्, तिनीहरुमा सन्दीप च्याम्पियन छन् ।’

रिक्की पोन्टिङ समेत विश्वस्त भएपछि सन्दीपलाई दिल्लीले लिएको हो । सिंगो दिल्ली टिमले नै सन्दीपलाई मन पराएको दुवाले बताए । 

दुवाको भनाइलाई आधार मान्ने हो भने सन्दीपले दिल्लीबाट मैदानमा उत्रने पक्का छ । किनकि अहिले चर्चा कसैको छ भने कम रुपैयाँ (२० लाख भारतीय) पाएर पनि उनी चर्चामा छन् । 

अष्ट्रेलियन कप्तान माइकल क्लार्कले राम्रो भूमिका खेले । पोन्टिङको नजरमा सन्दीप पार्न उनको भूमिका महत्वपूर्ण रह्यो । 

क्लार्कले सन्दीप दिल्लीमा परेपछि लेखेका छन्, ‘नेपालीहरुले यतिबेला गर्व गर्नुपर्छ, सन्दीप लामिछाने लिटिल च्याम्पियन हो, उनले आफ्नो देशलाई चिनाउन चाहन्छ, गर्न गराउन चाहन्छ, उसलाई हौसला दिऔं, उसंग झुमौं, भगवानको आशीर्वाद लागोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ