काठमाडौंका मेयर शाक्यले गरे सगुन एप डाउनलोड, सबैलाई डाउनलोडका लागि अपिल
प्रकाशित २०७४ माघ १६ मंगलबार
483
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यपनि सगुन परिवारमा जोडिएका छन् । मंगलबार मेयर शाक्यले सगुनको एप डाउनलोड गरी अब सगुनको प्रयोगकर्ता बन्ने उद्घोष गर्दै उनी सगुन परिवारमा जोडिएका हुन् ।
मंगलबार राजधानीको भृकुटीमण्डपमा जारी क्यान ईन्फोटेक मेलाभित्र सगुन स्टलमा पुगेका मेयर शाक्यले सूचना प्रविधिमा सगुनले ल्याएको नयाँ फिचरले नेपालीहरुलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै काठमाडौं महानगरमा पनि यसको प्रवद्र्धनका लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
महानगरका वडाध्यक्ष मुकुन्द रिजाल, अर्का वडाध्यक्ष खेम तिवारी लगायत वडाध्यक्षहरुलाई समेत साथमा राखी मेयर शाक्यले महानगरपालिकाको बोर्ड बैठकले नै काठमाडौंमा सूचना प्रविधिको प्रवद्र्धन गरी महानगरलाई सूचना प्रविधि केन्द्रको रुपमा विकास गर्ने निर्णय भईसकेकोले महानगरपालिकाको यो निर्णय कार्यान्वयनको लागि सगुन जस्ता कम्पनीहरुलाई हामीले नै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
उनले काठमाडौंबासीलाई सगुन एप डाउनलोड गर्नको लागि अपिल पनि गरेका छन् । उनीसँगै आएका वडाध्यक्षहरु रिजाल र तिवारीले पनि सगुन एप डाउनलोड गरेका छन् । उनीहरुले गाउनलोड गरिसकेपछि यसमा रहेको नयाँ फिचरको प्रसंशा गर्दै यसको प्रवद्र्धन र विकासको लागि शुभकामना समेत दिएका छन् ।