arrow

सामाजिक सञ्जालमा भईरहेको विकृति चिर्दै अघि बढ्न प्रधानन्यायाधीसको सगुनलाई शुभकामना

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
parajuli.jpg

काठमाडौं । प्रधानन्यायाधीस गोपाल पराजुलीले सामाजिक सञ्जाल सगुनले नेपाली समाजमा देखिएको भ्रम चिर्न सकोस् भन्ने शुभकामना दिएका छन् । सोमबार भृकुटीमण्डप स्थित क्यान ईन्फोटेक मेलामा सगुनको स्टल भ्रमणको क्रममा प्रधानन्यायाधीस पराजुलीले यस्तो शुभकामना दिएका हुन् । प्रधानन्यायाधीस पराजुलीले पछिल्लो समय अनलाईन मिडियाहरुले धेरै नकारात्मक विषयहरुलाई मात्रै समेट्ने गरेको भन्दै अब यसलाई सगुनले चिर्नसक्नुपर्नेमा जोड दिए ।

सगुनलाई नेपाली सामाजिक सञ्जालको रुपमा चित्रण गर्दै यो नेपाल चिनाउने विषय रहेकोले यसको विकास र प्रवद्र्धनको लाग्नुपर्नेमा पराजुलीले जोड दिए । पछिल्लो समय सगुनका प्रयोगकर्ताहरुको भीड लाग्ने गरेको छ । विशेषगरी विद्यार्थीहरुमा बढी लोकप्रिय बनेको सगुनमा रहेको मुड टक, सेक्रेट र माई डे जस्ता फिचरहरुका कारण यसमा नेपालीहरुको लोकप्रियता बढेको हो ।

 सगुन एप्स डाउनलोड कर्ताहरुको लागि हात खाली नजाने उपहारको व्यवस्था गरेको कारण स्टलमा भिड लागेको हो ।  सगुनले केही दिनअघि भारतको नयाँ दिल्लीबाट एन्डोइड मोवाइल एप सार्बजनिक गरेको थियो । पछिल्लो समय सगुनको मोवाइल एप डाउनलोड गर्नेहरु बढीरहेका छन् । कनेक्ट, सेयर र अर्न नारा लिएर आएको सगुनको एपबारे खासगरी युवाहरुको चासो देखिएको छ । सगुनका स्वयंसेवकहरुले मेलामा आउनेहरुलाई मोवाइल एप प्रयोग गर्ने तरिका सिकाइरहेका छन् ।

सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिन्छ । अल इन वन जस्तै छ सगुन एप । अर्थात् माइ डे एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमा समाहित छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ