arrow

राजनैतिक खिचातानीका कारण व्यावसाय मारमा : ढकाल

logo
प्रकाशित २०७४ माघ १७ बुधबार
kapilbastu2.jpg

कपिलवस्तु । उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले नेपालको राजनितिक अस्थिरताका कारण उद्योगी तथा व्यावसायलाई ठुलो मार परेको वताएका छन् । राजनितिक अस्थिरताको कारण देशमा वन्द हडताल ले गर्दा व्यावासय तथा व्यापारीहरु संकटमा परेको उनले  बताए ।

 कपिलवस्तुको चन्द्रौटामा चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सवको उदघाटन गर्दै ढकालले कृषिलाई व्यावसायिकरण कृषिजन्य वस्तुको माध्यमवाट नेपालीहरुलाई रोजगारीको सिर्जना गरी आर्थिक क्रन्तीमा लाग्नुपर्ने बताए ।

मेला महोत्सवले उद्योगीक क्षेत्रको विकाश गरी  नेपालमा मेला महोत्सव आयोजना गर्दा व्यापारीहरुको समृद्धी सगै कृर्षि तथा पर्यटन क्षेत्रको पनि प्रवद्धन भइरहेको उहाको भनाई रहेको थियो । कपिलवस्तु जिल्ला एक पर्यटकिय जिल्ला रहेकोले यस कृषि तथा पर्यटकीय क्षेत्रको प्रवद्धन गर्न सकेमा मात्र यो क्षेत्रको विकाश हुने उनले विश्वास दिलाए ।  

कृषि पर्यटन र औधोगीक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित चन्द्रौटामा चौथो पटक मेला सरु भएको हो । चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका धार्मीक एव प्रर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रर्वद्धनमा सहयोग पुग्ने संघका अध्यक्ष जमसेर अलीले वताए । यसपालीको महोत्सवमा शिवगढी ,सोनवागढ ,मयादेवी लगाएतका मन्दीर तथा एतिहासीक मस्जीदको परिपथ निर्माण गरीएको छ ।

प्रदेश सभा सदस्य अर्जुन केसीले महोत्सव एक रमाइलो मात्र नरहेकोले यस महोत्सवमा कृषि तथा पर्यटनलाई प्रथमिकता दिएकोमा धन्यवाद दिए ।कृषिलाई आधुनिकीकरण गरी रोजगारीको सृजना गर्न सकेमा युवालाई वैदेशिक जानवाट रोक्न सकिने दावी गरे ।

महोत्सवमा यसवर्ष आंखाको आंखी भौवाट दुई ओटा सम्म कुर्ची उचाल्ने , शरीर माथी गाडी चढाउने , कपालले गाडी तान्ने लगाएतका कला भएका व्यक्तिको कलाकारीता हेर्नै अवसर पनि मिल्ने आयोजकको भनाई रहेको छ ।

मेलामा २४० वटा स्टलहरु राखिएको आयोजकले जनाएको छ ।महोत्सवमा १० करोडको कारोवार हुने र १ लाख भन्दा वढी दर्शकहरुले अवलोक गर्ने विश्वास रहेको आयोेजक सस्थाका अध्यक्ष अलिले वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ