arrow

भारतको बजेटले के-केमा बढ्ने भयो मूल्य ?

logo
प्रकाशित २०७४ माघ १८ बिहिबार
jetli.jpg

काठमाडौं । जीएसटी लागू भएपछिको पहिलो बजेटमा कुनै राजश्व बृद्धिको हल्ला चलेको थिएन । पेट्रोल(डिजल तथा अल्कोहल जीएसटी भन्दा बाहिर थियो । यसैमा भन्सार कर घटने या बढ्ने तथा बढ्ने वित्त मन्त्री आफ्नो भाषणमा बताएका थिए कि मोबाइल तथा टीवी जस्ता आइटममाथि सीमा शुल्क अर्थात् भन्सार दर १५ प्रतिशत देखि २० प्रतिशत हुने भएको छ । भन्सार विन्दू कर ५ प्रतिशतबाट २ दशमलव ५ प्रतिशत बनेको छ । सरकारले पेट्रोल(डिजलमाथि अन्तशुल्कको कमि भएको छ । तर उपभोक्तालार्इ यसबाट केही फाइदा हुने देखिएको छैन ।  

यस फैसलाबाट भारतमा बिकने सबै कम्पनीको स्मार्टफोनहरु महंगो हुने भएको छ । यसको पछि सबैभन्दा ठूलो कारण यो हो कि भारतमा प्राय फोनहरु यहीँ बन्ने भएपनि यसको लागि पार्टस्हरु चीनबाट ल्याईने गरिएको छ । यस्तै मामला टिभीको पनि छ। यो बजेटपछि भारतमा नै उत्पादन भएको र भारतमा तयार मात्रै पारिएको दुबै खालका समानमा मूल्य बढ्ने भएको छ । 

वित्तमन्त्री जेट्लीले भनेका छन् कि यो बजेटका कारण अबको वर्ष १० गुणा भन्दा बढी रोजगारी पाउने विश्वास छ । भारतको सो बजेटले मोबाइल, टिभी सेट्स, ल्यापटप, लग्जरीयस गाडी, चाँदीको सिक्का, चुरोट, पान मसाला, जर्दा, श्रृङ्गार, खैनी, एलईडी लाइट, एलईडी ल्याम्प, स्टेनलेस स्टली लेप्स, लेदर फुटवियर, लेदर प्रोडक्ट्स, परफ्यूम, आयातित जूस, एलसीडीरएलईडीरओएलईडी प्यानल, टिभीका पाटपुर्जा, स्मार्ट वाच फुटवेयर जस्ता सामानको मूल्य बढ्ने भएको छ । 

यस्ता सामग्रीहरु नेपालमा पनि भारतबाट नै आउने भएकोले नेपालमा पनि यी सामानहरुको मूल्य बढ्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ