एनआईसी एशियाको भिसा कार्ड प्रयोग गर्दा नगद फिर्ता पाइने
प्रकाशित २०७४ माघ १९ शुक्रबार
506
Shares
काठमाडौं । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनैपनि एटिएम मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक (नगद फिर्ता) हुने योजना ल्याएको छ । बैंकले फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिनाको लागि यो योजना ल्याएको हो ।
योजना अन्तर्गत बैंकको भिसा डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी ५ सय सम्मको नगद फिर्ता प्राप्त गर्नेछन् । योजनाबाट बैंकको भिसा डेबिट-क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ ।
हाल बैंकले १ सय ६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १५६ वटा एटिएम मेशिन तथा ५ सय १८ वटा पिओस मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ ।