arrow

वीरगन्ज नाकाबाट ६ महिनामा ३५ अर्ब भन्दा बढीको इन्धन आयात

logo
बिजय चौहान,
प्रकाशित २०७४ माघ २० शनिबार
rakswal.jpg

वीरगन्ज।  वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि भारतबाट हुने इन्धन आयातमा उलेख्य वृद्धी भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि ३५ अर्ब भन्दा बढी मुल्यको डिजल, पेट्रोल, मट्टितेल तथा खाना पकाउने ग्याँस आयात भएको छ ।

आर्थिक वर्ष २०७४/०७५को साउन देखी पुस सम्मको ६ महिनामा वीरगन्ज नाका प्रयोग गरि नेपालका लागि ३५ अर्ब १० करोड, ४५ लाख रुपैयाँ मुल्यको ५ लाख ७० हजार १ सय १८ केल पेट्रोलियम पदार्थ र १ लाख ३ हजार ६ सय २३ मैट्रिक टन खाना पकाउने एल.पि.जी ग्याँस आयात भएको हो ।

आर्थिक वर्ष २०७३/०७४को पहिलो ६ महिनामा वीरगन्ज नाका प्रयोग गरी २७ अर्ब २४ करोड ३३ लाख मुल्यको ४ लाख ६७ हजार ६ सय ५१ केल इन्धन र ८३ हजार ९ सय ७८ टक खाना पकाउने ग्याँस आयात भएको  थियो ।

गत वर्षको तुल्नामा चालु आर्थिक वर्षमा ७ अर्ब ८६ करोड १२ लाख रुपैया मुल्यको १ लाख  २ हजार ५ सय ३० केल इन्धन र १९ हजार ६ सय ४४ टन खाना पकाउने ग्याँस बढी आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । उनले सवारी साधान तथा निर्माण उपकरणको आयातमा आएको वृद्धी संगै मुलुकमा निर्माण कार्यमा इन्धनको खपत बढेका कारण  भारतबाट इन्धन आयातमा वृद्धी देखिएको बताए ।

 भारतको रक्सौल, बरौनि डिपोबाट आयात गरिएको पेट्रोलियम पर्दाथ र मथुरा, हल्दिया लगायतका स्थानबाट आयात गरिएको खाना पक्राउने ग्याँसबाट भन्सार कार्यालयले चालु आर्थिक वर्षको  ६ महिनामा ७ अर्ब ९५ करोड १९ लाख  रुपैया रावश्व संकलन गरेको छ  भन गत आर्थिक वर्षको सोही बवधीमा भन्सारले ६ अर्ब ५१ करोड ६१ लाख रुपैया राजश्व संकलन गरेको थियो । संकलित राजश्व गत आर्थिक वर्षको तुल्नामा एक अर्ब४३ करोड ५८ लाख बढी अर्थतान २२ प्रतिशत बढी रहेको भन्सार प्रमुख पोखरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ