- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । बागलुङ नगरपालिकाको आयोजनामा आयोजित प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधी स्वाङजाको वालिङ नगरपालिकाले प्राप्त गरेको छ ।
आईतबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएका सेमिफाईनल खेलमा पोखरा लेखनाथ महानगरलाई वालिङ नगरपालिकाले १–० को गालेअन्तरले उपाधि हासिल गर्न सफल भएको हो ।
फाईनल खेलमा पोखरा लेखनाथलाई वालिङका सफल थापाले खेलको पहिलो मिनेटमा नै गोल हानेका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरा लेखनाथबाट वालिङलाई प्रहार गर्न खोजेको गोल वालिङका गोलकिपर राजबाबु थापाले रोक्न सफल भएका थिए ।
बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला फुटबल संघ बागलुङको व्यवस्थापनमा नकआउटका आधारमा संचालित प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईनल खेल आईतबार हुनेछ ।
मेयर कपको विजेता वालिङ नगरपालिकाले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने पोखरा लेखनाथ महानगरले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रतिनिधि सभाका सदस्य देवेन्द्र पौडेलले प्रदान गरेका थिए । सो अवसरमा बोल्दै पौडेलले खेलले स्वास्थ्यमा मात्र नभएर युवाहरुको प्रोत्साहनका लागि पनि मद्धत गर्ने बताए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीको रुपमा वालिङ नगरपालिकाका राजबाबु थापालाई १० रुपैया तथा तथा उत्कृष्ट गोलरक्षक, पोखरा लेखनाथका बिशाल श्रेष्ठ, र उत्कृष्ट रक्षक, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकलाई ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।