- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना सुस्ताउँदा महत्वपूर्ण दुई अंक गुमाएको छ । बार्सिलोना स्पानियोलसंग १–१ को बराबरीमा रोकिएको हो ।
स्पानियोलको मैदानमा भएको खेलमा ६६ औं जेरार्ड मारेनोले घरेलु टोलीलाई गोल दिलाए । ८२ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए ।
तर लिग लिडर बार्सिलोनाका लागि लियोनल मेस्सी सुस्ताएपछि महत्वपूर्ण दुई अंक भने गुम्यो ।
बर्षाले गर्दा खेलाडीहरुलाई खेलमा ध्वस्त पारेको थियो ।
लिगको अंक तालिकामा बार्सिलोनाको २२ खेलबाट ५८ अंक छ ।
दोस्रो स्थानको एथलेटिको मड्रिडको ४९, तेस्रो स्थानको भ्यालेन्सियाको ४०, चौथो स्थानको एथलेटिको मड्रिडको ३९ अंक रहेको छ ।
डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडको ३९ अंक छ ।