- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुस लिएको अभियोगमा जिल्ला कारागार सप्तरीका जेलर नासु कृष्णबहादुर दाहाललाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिने जनाउँदै घुस रकम मागेको भन्ने सूचनाका आधारमा सोमबार कारागार रोडको मुरली चिया पसलबाट उनलाई पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।