arrow

धुर्मुस सुन्तली नमुना वस्ती हेर्नेको भीड 

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
dhurmus-foundation-namuna-basti.jpg

रौतहट । धुर्मस सुन्तली फाउन्डेसनले रौतहटको सन्तपुरमा १२ कठ्ठा जमिनमा निमाण गरेको नमुना वस्ती हेर्न जानेको भीड लागेको छ । 

कोही वस्तीको डिजाइन हेर्न त कोही कस्तो रहेछ त धुर्मुस सुन्तलीको काम भन्दै हेर्न गएका हुन्।

भूकम्पले थिलोथिलो पार्दा पुनर्निर्माणमा भएको ढिलाइका बेलामा फाउन्डेसनले भने कमालको काम गरेको भन्दै प्रशंसा खुवै बटुलेको छ । 

सो वस्तीमा व्यवस्थित सडक, ढल निकास, धारा, बिजुली बत्ती, भ्यू–टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, नमूना क्लब घर, चिड्रेन पार्क र मन्दिरसहित ४७ आवासीय घर रहेका छन् ।

यो वस्तीको भब्य कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गर्दैछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ