arrow

विधी र विधान कुल्चेर प्राधिकरणमा सरूवा खेती

logo
प्रकाशित २०७४ माघ २३ मंगलबार
NEA-headoffice-Bulding.jpeg

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणमा सरुवाको चलखेल शुरू भएको छ । नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा विनियमावली अनुसार सामान्यतया मिटर रिडरको स्थाई भएको दुई बर्षमा सरुवा गर्न सक्ने छ । नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा विनियमावली को ३१ औं संसोधनको परिच्छेद ३ अर्न्तगत दफा ३८ को उपदफा १४ मा कार्यलय प्रमुखलाई भदौ र माघ महिना, प्रशासन प्रमुख र लेखा प्रमुखलाई कार्तिक र फागुनमा, विभागिय प्रमुखलाई श्रावण र माघमा,उप कार्यकारी निर्देशकलाई भाद्र र फागुन मा ,प्रधान कार्यलयको आश्विन र चैत्रमा सरुवा गर्न सकिने छ ब्यवस्था छ । उपदफा २१ ले तह १ र २ को हकमा भने दरवन्दी रिक्त भएको हकमा घर पायक मिल्ने गरि सरुवा गर्न सकिने प्रावधान छ ।

नौ तह र सो भन्दा मुनीका कर्मचारी सरुवा गर्दा भौगोलिक क्षेत्रका आधारमा कम्तीमा दुई वर्ष काम गरिसकेपछि सोहि वर्ग वा अर्को वर्गको भौगोलिक क्षेत्रको कार्यलयमा सरुवा गर्न सकिनेछ । एउटै कार्यालयमा ,कार्यालय प्रमुख ,लेखा प्रमुख र प्रशासन प्रमुख बढिमा ३ वर्ष रहन सक्ने छन। मिटर रिडिङको दुई वर्षमा संबन्धीत एरियामा परिबर्तन गर्न सकिने छ । उपलब्धी प्रमुख ,स्टोर प्रमुख , विभागिय प्रमुख ,क्षेत्रिय प्रमुखलाई क्षेत्र भित्रको अर्को कार्यालयमा ३ वर्षमा सरुवा गर्न सक्ने छ ।

क्षेत्रिय स्तरको खुल्ला प्रतियोगिताबाट नियुक्त भएका कर्मचारीलाई सात बर्ष सम्म सोहि क्षेत्रमा बाहेक अन्यत्र सरुवा गरिने छैन । महिला र अपाङ्गलाई पाँच बर्ष सम्म सरुवा गरिने छैन भन्ने नियमावलीमा उल्लेख छ ।

यो  सरुवा गतसाल माघमा गरिएको हो । त्यहि सरुवाको कारण नेबिप्रालाई ठूलो क्षती भएपछि बाध्य भै १,२ र ३ तहका सम्पुर्ण सरुवा फिर्ता गरिएको तथा ४ र ५ तहका ५०५  फिर्ता  गर्न व्यवस्थापन वाध्य भएको थियो ।

यसरी बेमौसमी सरुवा गर्दा कर्मचारी र संस्था दुबैलाई क्षती पुगेको थियो । तेसैले प्रकृया मिचेर सरुवा गर्नाले फाइदा भन्दा बढी सरोकारवालालाई घाटा बढी हुनुले अर्थको अनर्थ हुन गएको हो । मिटर रिडरलाई पनि ग्राहकको वास्तविक पहिचान गर्न गारो हुने हुदा एकैपटक भन्दा २ या ३ लट गरि सरुवा गरेमा उपलब्धि हुन्छ । अन्यथा झन समस्या थपिन जान्छ । तर माघ को अन्तिम आउदै गर्दा पुनः सरुवाको सन्त्रास फैलाइएको छ ।  

बितरण तथा ग्राहक सेवा निर्देसनालयमा अल्पकालीन २५०० सरुवा गर्दा नेबिप्रालाइ ठूलो नोक्सानी भएको कुरा घाम झै छर्लङ  छ। एकैपटक सरुवा हुदा कुन एरियाको फिडर कुन हो नया जाने कर्मचारिहरुलाई थाहा पाउन ६ महिना लाग्छ ।  जसले ६ महिनामा नेबिप्रामा क्षेति भएको  छ । बृत्ती बिकास सँगै सरुवा पनि नियमित प्रकृया हो तर सरुवामा हुने बिभेदकारी प्रथाको अन्त्य हुन जरुरी छ । एउटा साखाको सबै सरुवा गरिदाको क्षती औल्याउन जरुरी छ ।

 स्मरण रहोस डि.सि.एस. का २५०० सरुवा गर्दै गर्दा अन्यत्र   कमाउने शाखामा किन २०-२५ बर्ष एउटै कार्यालयमा राखि राख्ने गरिएको छ । डि.सि.एस का कर्मचारीहरु  सौताने ब्यवहार गरिएको छ । सम्पुर्ण कर्मचारी हरु अबकाश हुदा सम्पुर्ण निर्देशनालयको काम गर्न पाउने वातावरण सृजना गर्नु नै बिभेदकारी प्रथाको अन्त्य हो ।

बरु तेसका लागि उत्पादन मुखी तालिम को व्यवस्था गरिनु पर्छ नकि पहुँच का आधार मा भत्ताका लागि गरिने बिदेश भ्रमण  उपलब्धीमुलक देखिदैन । विशेष पद जुन अन्यत्र साखा मा भएका बाहेक सबैलाइ सबै स्थान मा सरुवा गर्ने ढोका खुल्ला  राख्दा राम्रो हुन्छ ।  नेबिप्राको कर्मचारी मात्र नभै एउटा परिवार को सदस्य पनि हो सरुवा हुदा परिवार नै बिछेत हुने वातावरण सृजना  गर्नु न्यायसंगत र विधिसंगत हुदैन । जस्तै १ बर्षमा ३ पटक सरुवा गर्दा परिवाको शिक्षा , स्वास्थ तथा सामाजिक पाटोको नि ख्याल राखियोस । १,२ र ३ तहका कर्मचारी हरु सरुवा गर्दा रोज्ने परिपाटी को बिकाश गर्नु न्याय संगत हुन आउछ । ५ बर्ष भन्दा बढी एउटै कार्यालय मा रहेका ९ विशेष पद बाहेक सम्पुर्ण कर्मचारिहरुलाइ सरुवा उपयुक्त हुन जान्छ ।

प्राबिधिकलाई प्रशासन र लेखाको जिम्मेवारी अनि लेखा प्रशासनलाई अघोषित रुपमा प्राबिधिकको जिम्मेवारी दिने प्रथाको अन्त्य हुन जरुरी छ । कम्प्युटर अधिकृतहरुलाइ दिइएको लेखा र स्टोर को भुमिका   हटाई मिलान  गर्नु  राम्रो  हो । पुनः बैज्ञानिक सरुवा प्रणालि बनाइ अक्षरस पालना जरुरी छ ।  सहायक स्तरका कर्मचारी हरुलाइ निषेध गरिएको सहायक कम्पनी मा जाने ढोका  खोल्न जरुरी छ ।

 सरुवा गरिदा भौगोलिक आधारमा विभेद रहित ढङ्गले जुन बैज्ञानिक पद्धतिमा आधारित  रहि सरुवा गनु गर्नु उपयुक्त हो ।  जसले हरेक कर्मचारीहरुको कार्यक्षमता बढाउन महत्वपूर्ण भुमिका खेल्ने छ । यि सुझाब देश दौडाहा बाट पिडित बाट आएको हो । पहुँच का आधारमा गरिने सरुवा  पद्धतिको अन्त्य हुन जरुरी रहेको कर्मचारीहरू बताउँछन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ