arrow

कोहली चम्केपछि फेरि पनि भारतले हरायो दक्षिण अफ्रिकालाई

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
virat.jpg

काठमाडौं । कप्तान विराट कोहली चम्केपछि फेरि पनि भारतले दक्षिण अफ्रिकालाई एक दिवसीय क्रिकेटमा हराएको छ । 

तेस्रो खेलमा भारत १२४ रनले विजयी भएको हो । केप टाउनमा बुधबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको नोक्सानीमा ३०३ रन बनायो । 

कोहलीले १५९ बलमा नटआउट रहँदै १६० रन बनाए । शिखर धवनले ७६ रन बनाए । 

जवाफमा दक्षिण अफ्रिकाले ४० ओभरमा अलआउट हुँदै १७९ रन मात्र बनाउन सक्यो । युजभेन्द्र चाहाल र कुलदिप यादवले ४–४ विकेट लिए । जसप्रित बुमराहले २ विकेट लिए । 

यो जित भारतको फराकिलो जित हो । जितपछि भारतले ६ खेलको सिरिजमा ३–० को अग्रता लिएको छ । 

पहिलो पटक दक्षिण अफ्रिकामा यति ठूलो सफलता नजिक पुगेको भारतलाई अब सिरिज जित्न ३ मध्ये १ खेल जिते पुग्नेछ । 
The 29-year-old hit a second century of the series to help India reach 303 for six in Cape Town

India spinners Yuzvendra Chahal (C) and Kuldeep Yadav took eight wickets between them

South Africa were bowled out for 179 in 40 overs as India moved 3-0 up in the ODI series

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ