-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा तुसारो र शितले आलुको बोट मर्न थालेपछि कृषकहरु चिन्तित भएका छन् ।
माघको चौथो हप्ता बितेपनि तुसारोले हिउँदे आलुको बोट नै मर्न थालेको र तुसारोले बर्खे आलुनै उमर्न नसकेपछि कृषकहरु चिन्तित भएका हुन् ।
तुसारोले आलु मरेपछि र बर्खे आलु समेत उर्मन नसकेपछि आलुको उत्पादनमा कमी आउने सक्ने अनुमान गरिएको छ ।
पाँचथरको अधिकांश स्थानमा कृषकहरुले आलु खेती गर्ने गरेका छन् ।
गत आर्थिक वर्ष ०७३÷०७४ मा पाँचथरमा २८ हजार ८ सय ४३ मेट्रिकटन आलु खेती हुने गरेको छ ।
जसमध्ये ४ हजार ९ सय ४४ मेट्रिकटन अलैँची जिल्ला बाहिर निर्यात गरिएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरका वाली संरक्षण अधिकृत सागर बिष्टले जानकारी दिए ।