arrow

हेटौँडाको बसपार्कमा ब्रम्हलुट, सिडिओको टोली बसपार्क अनुगमनमा

logo
प्रकाशित २०७४ माघ २५ बिहिबार
hetauda1.jpg

हेटौँडा । देशभरि नै व्यापारीहरुले सर्वसाधारणलाई ठगिरहेको समाचार बेला–बेलामा पत्रपत्रिका र अनलाईनमा आईरहन्छन् । त्यसका लागि विभिन्न छानविन समिति र बजार अनुगमन हुन्छन् तर समस्या सधैँ उस्तै रहेको तितो यथार्थ हाम्रो माझमा छ । यसै क्रममा हेटौँडामा समेत दिनदहाडै सर्वसाधारणलाई ठग्न थालिएपछि प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको निर्देशनमा हेटौँडाको बसपार्क क्षेत्रमा अनुगमनको लागि एउटा टोली खटिएको छ ।

मकवानपुरका सुनिल सिवाकोटीले बिहीबार बिहानै बसपार्क स्थित एक नाम समेत नलेखिएको पसलबाट सामान्य खाम किने जसलाई प्राय पसलहरुले ५० पैसादेखि १ रुपैयाँसम्ममा बेच्दै आएको पाईएको छ । तर उनलाई उक्त पसलका साहुले रु.५ रुपैयाँ मागे । उनले ठट्टा गरेको सम्झि ५ रुपैयाँ नै हो र ? भनेर सोधे तर पसलेले उनलाई ५ रुपैयाँ नै हो भन्दै पैसा लिएपछि उनी अचम्ममा परे ।

सिवाकोटीलाई ठगेको कुरा थाहा पाएपछि पत्रकारको टोली समेत त्यस पसलमा ग्राहक बनेर अनुगमनमा पुग्यो । त्यस समयमा आएका अन्य ग्राहकलाई पनि पसले ५ रुपैयाँमै खाम बेचे । पसलेको ज्यादती देखेपछि सिडिओ, खाद्य तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा जानकारी गरायो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ