arrow

चौथो लुम्बिनी शान्ति म्याराथन हुने

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २५ बिहिबार
marathon.jpg

बुटवल।  लुम्बिनी पिस म्याराथनको चौथो संस्करण मार्च १ अर्थात फागुन १७ गते हुने भएको छ । लुम्बिनी प्रचारका अभियन्ता एवम पर्यटक ब्यवसायी बिक्रम पाँडे काजीको परिकल्पनामा तयार भएको यो म्याराथन समग्र लुम्बिनी र बुद्ध परिपथको बिकासको उद्देश्य सहित चौथो पटक हुन लागेको आयोजकले बताए । आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथन बारे जानकारी गराएको हो ।

भगवान गौतमबुद्धको जन्मस्थ लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरुको संरक्षण र प्रवृद्धन गर्ने उद्देश्यका साथ चौथो लुम्बिनी शान्ती म्याराथनको आयोजना गरिएको पाँडेले जानकारी दिए ।

म्याराथनको पहिलो र दोश्रो संस्करण परिक्षण दौडको रुपमा आयोजना गरिएको भने तेश्रो संस्करण ओलम्पिक मापदण्डमा गरिएको उनको दावी छ । उनले यस म्याराथनलाई विश्वकै एक मात्र आध्यात्मिक खेल गतिविधि तथा विश्वकै होचो स्थानमा मध्येमा गरिने म्याराथन भएको बताए । यस म्याराथनलाई लुम्बिनी पिस म्याराथन र एडभेन्चर स्पोर्टस नेपालले संयुक्त रुपमा आयोजना गरेका छन ।

लुम्बिनी क्षेत्रलाई विश्वभरका बौद्ध धर्मावलम्बीको मूख्य तिर्थस्थलका रुपमा बिकास गर्न म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाई छ । म्याराथनमा नेपाल, भारत, अष्ट्रेलिया, चिन लगायतका देशहरुकाबाट करिब २ सय ५० धावकहरुको सहभागीता रहने भएकोले यसले देशमा आध्यात्मिक खेलकुद गतिविधिको समेत विकास र प्रर्वद्धन हुने विश्वास लिईएको छ ।

धावक बैकुण्ठ मानान्धरले म्याराथन मायादेवीले भगवान गौतम बुद्धलाई लुम्बिनीमा जन्म दिएपछि उनलाई बोकेर फर्केको बाटोलाई “मायादेवी सुत्केरी बाटो” नामाकरण गरि सोही स्थानहरु हुदै म्याराथन गरिने बताए । ४२ दशमलव १९ किलोमिटरको दुरीमा पर्ने कुदान, गोटिहवा, कपिलवस्तु बाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोराकोट, दोहनी हुदै लुम्बिनी आएर समापन हुनेछ ।

म्याराथन अन्र्तगत फुल म्याराथन, २१ किलोमिटरको हाफ म्याराथन र ५ किलोमिटरको दौड हुनेछ । फुल म्याराथन तर्फ प्रथम हुनेलाई १ लाख, द्धितियलाई ७५ हजार र तृतियलाई ५० हजार तथा हाफ म्याराथन तर्फ प्रथमलाई ५० हजार, द्धितियलाई ३५ हजार र तृतियलाई २५ हजार प्रदान गरिने आयोजकले बताए ।

म्याराथनमा ५ किलोमिटर तर्फ सम्भवतः नेपालकै कान्छी धाविका कुश्मा ठगुन्नाले पनि भाग लिने आयोजकले जानकारी दिए । भैरहवाको आदर्श बिद्या मन्दिरमा कक्षा ४ मा अध्ययन गर्ने ठगुन्नाले भैरहवामा आयोजना भएको प्रथम मेयर कपमा आफु भन्दा दोब्बर उमेरमा प्रतिष्प्रधिलाई पछि पार्दै सबैको नजरमा परेकी थिई ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ