arrow

पाँचौं स्याङ्जा महोत्सवको तयारी पुरा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ माघ २५ बिहिबार
syangja_(2)1.JPG

स्याङ्जा ।  माघ २६ गतेबाट शुरु हुने पाँचौ स्याङ्जा महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजकले पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पुरा भएको जनाएको हो । "स्याङ्जा महोत्सवको आधार–पर्यटन र कृषि नै आर्थिक समृद्धिको पूर्वाधार” भन्ने मुल नारा सहित जिल्ला उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको छ । महोत्सव माघ २६ देखि माघ ८ गते सम्म १२ दिन चल्ने छ ।

प्रदेश नं. ४ स्तरिय औद्योगिक, कृषि, पर्यटन, साँस्कृति, सूचना प्रबिधी तथा व्यापार मेला नाम दिईएको महोत्सवमा ३ लाख आन्तरिक र बाह्यि पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा ८ करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको आयोजक उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

महोत्सवले स्थानीय उत्पादन तथा कृषिजन्य वस्तुको खरिद बिक्री, कृषिजन्य वस्तुको बजारीकरणमा सहजता ल्याउने बताइएको छ । महोत्सवमा स्याङ्जा, कास्की, पाल्पा, तनहुँ सहितका छिमेकी जिल्लाबाट व्यापारिक कारोबार गर्न व्यवसायिक आउने अपेक्षा सहित ३ सय स्टल निर्माण गरिएको छ ।

ँस्थानीय उत्पादन र घरेलु हस्तकलालाई प्राथमिकतामा राखेर बजारीकरणमा सहजता होस भनेर निशुल्क स्टल उपलब्ध गराउने भएका छौं ।” संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’ ले भने, "महोत्सव अवलोकन गर्न आउने दर्शकलाई जिल्ला भित्रका पर्यटकीय क्षेत्रको अवलोकन गराउन हेलिकप्टर र प्याराग्लाईडिङ्गको व्यवस्था गरिएको छ ।”

५० लाख वचत गर्ने लक्ष्य राखिएको महोत्सवमा १ करोड २० लाख आम्दानी र ७० लाख खर्च हुने अनुमान गरिएको छ । वचत रकमलाई व्यवसायिको क्षमता अभिबृद्धि, भौतिक पूर्वाधार विकास र सामुदायिक विद्यालयमा अध्ययरत गरिब तथा जेहेन्दार छात्रबृत्ति दिने घोषणा गरिएको छ ।

महोत्सवमा स्थानीय कला संस्कृतिको उत्थान गर्नका लागि रत्तौलि गित, लोक दोहोरि गित समाबेश गरेर कौडा नृत्य, सालैजो भाकालाई प्राथमिकता दिईएको संघका महासचिव भिमकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार कला संस्कृतिको जर्गेना महोत्सवको मुल उद्देश्य रहेको छ ।      

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ