एमाले प्रदेश ३ को दलको नेताका लागि निर्वाचन प्रक्रिया जारी
प्रकाशित मिति : २०७४ माघ २६ शुक्रबार

काठमाडौँ । सहमति नभएपछि नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ ।
हालसम्म डोरमणि पौडेल (मकवानपुर) ले उम्मेदवारी दर्ता गरेका छन् भने पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौँ) ले उम्मेदवारी दिने तयारी गरेकी छिन् ।
यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने बुझिएको छ ।
दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुने सो पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए । रासस
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">