- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशी, मा शुक्रवार एक समारोहकाबीच उद्घाटन गरिएको छ । जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले धादिङ्गवेशी शाखाको औपचारिक उद्घाटन गरे ।
हाल एनआईसी एशिया बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।