रक्त क्यान्सर पीडित केसीलाई विवेकशील साझा पार्टी, दोलखाको समाज सेवा क्लबको सहयोग
प्रकाशित २०७४ माघ २६ शुक्रबार
958
Shares
काठमाडौँ। ब्लड क्यान्सर बाट पिडित भएर सिभिल अस्पताल, काठमाडौँमा उपचाररत दोलखा जिल्ला भीमेश्वर नगरपालिका ५ निवासी मदन केसीको उपचारको लागि विवेकशील साझा पार्टी, दोलखाको समाजसेवा क्लबले सहयोग गरेको छ ।
आज समाज सेवा क्लवका प्रतिनिधिहरू अस्पतालमा नै पुगी बिरामी केसीका आमालाई दश हजार पाँच रुपैयाँ हस्तान्तरण गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
क्लबका सदस्य विक्रम ओलीले भने, एकलाई समस्या पर्दा अर्को जुट्नु नै मानवता भएकोले पार्टीका सदस्य तथा शुभेच्छुकहरुले जिल्लाबासीलाई सहयोग गर्नु आफुहरुको कर्तव्य ठानी यथाशक्य सहयोग गरेका हौं ।
हाम्रो अभियानमा आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै बिरामीको उपचारको लागि सम्पूर्ण सहयोगी हातलाई समेत सहयोगको निम्ति अपिल गर्दछौं । आगामी दिनमा समेत समाज सेवा क्लबमार्फत् विभिन्न सामाजिक कामहरूलाई निरन्तर राख्नेछौं ओलीले भने।
केसीको उपचारमा उनका साथी विद्यार्थीहरुले चिया बेचेर करिव साँढे ४ लाख उठाएका छन्।