arrow

बिहेको अघिल्लो रात बेहुला हराएपछि...

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
marriage.jpg

नवलपरासी। घरमा कामको चटारो थियो। बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो। अघिल्लो दिन अकस्मात बेहुला हराए। खोजी गर्दा कतै भेटिएनन्। बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे।  खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो। अहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरुले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउ गरे।

सोमबार विवाहको लगन जुराइएको थियो। गौंडाकोट १४ का २९ बर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए। तर, मध्यरातदेखि उनी बेपत्ता भए । घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको।  दुवै परिवारले सबै तयारी पूरा गरिसकेका थिए । बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन्।

'बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौ, पछि सुत्न गयौं बिहान हेर्दा भाइ कोठामा थिएन', दाजु गणेशले भने। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ