- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राजविराज । ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आइतबार तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
उनीहरुका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान ट्याबलेट तथा फेनारगन १९, लुपिजेसिक र डाइजाल्याब २०–२० थान एम्पुल तथा गाँजा २५ ग्राम बरामद गरेको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।