- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस लिग लिडर म्यान्चेस्टर सिटी एफए कप फुटबलको प्रिक्वाटरफाइनलबाटै गुल्टिएको छ । सिटी विगान एथलेटिकसंग १–० ले पराजित हुँदै क्वाटरफाइनलअगाडि नै गुल्टिएको हो ।
खेलको ४५ औं मिनेटमा फाबियन डेल्फले रातो कार्ड खाएपछि सिटी १० जनामा समेटियो ।
हाफ टाइमको समय हुँदै गर्दा खेलाडीहरुबीच अनावश्यक विवाद हुँदा डेल्फले सिधै रातो कार्ड खाएका हुन् ।
त्यसपछि ७९ औं मिनेटमा विगानका विल ग्रिगले गोल गरे । विगानका ५ खेलाडीले पहेंलो कार्ड खाए । तर रातो कार्ड खाएनन् ।
सिटीले खराव खेल्दा हार्यो । विगानले क्वाटरफाइनलमा साउथह्याम्पटनसंग खेल्नेछ ।