arrow

वित्तिय साक्षरता पाएपछि बचत गर्ने बानीको विकास

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ फागुन ८ मंगलबार
goat-rukum.jpg.jpeg

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ पोखराकी पविता खड्काले बिगत चार महिना देखी दैनिक रुपमा ५० रुपैयाँ नजिकैको सहकारीमा जम्मा गर्दै आएकी छन् । उनलाई घरमा केहि समस्या हुनवित्तिकै दैनिक रुपमा जम्मा गरेको रुपैयाँ निकाले समधान गर्ने गर्छिन ।

उनी जस्तै सिस्ने गाउँपालिका ३ अमलाचौरकी धनकुमारी घर्तीले पनि अहिले दैनिक रुपमा बचत गर्न सुरु गरेकी छन् । पहिले केहि समस्या पर्दा समेत आर्थिक अभावले पिरोल्ने गरेको धनकुमारीलाई अहिले भने केहि समस्या हुन वित्तिकै आफुले सहकारीमा जम्मा गरेको पैसाले समधान गर्छिन् । पविता र धनकुमारीलाई प्रत्येक दिन बचत गर्ने बानीको विकास भैसकेको छ ।

यि पविता र धनकुमारी त केहि उदाहरण मात्र हुन यहाँका एक हजार ६ सय ८० जना भन्दा बढिले अहिले यसरी नै बचत गर्ने र केहि समस्या पर्दा समधान गर्ने सजिलो उपाया अपनाएका छन् । जिल्लामा रहेको गैर सरकारी संस्था रुकुमेली समाज विकास केन्द्र रुकुमद्धारा सञ्चालीत भैरहेको पहल कार्यक्रमले २७ दिन वित्तिय साक्षरता कक्षा सञ्चालन गरेपछि बचत गर्ने बानीको विकास भएको यहाँका स्थानीयको भनाई छ ।

साविक जिल्लाका पाँच गाविसमा रहेका स्थानीयहरुको अनावश्यक खर्चको बचत गरी आम्दानीको विकास गराउने उद्धेश्यले वित्तिय साक्षरता कक्षा सञ्चालन भएको पहल कार्यक्रमका जिल्ला संयोजक उदय केसीले जानकारी दिए । उनका अनुसार साविकका पिपल, पोखरा, रुकुमकोट, काँडा र चुन्वाङ्ग गाविसमा वित्तिय साक्षरता कक्षा सञ्चालन भएका छन् ।

यि गाविसहरुमा अहिलेसम्म ९० वटा यस्ता कक्षा सञ्चालन भएको उनको भनाई छ । सहकारी शिक्षा, बचत गर्ने तरीका, सानो बचतबाट हुने फाइदा, बचत गर्दा अपनाउनु पर्ने तरीका लगायतको बारेमा जानकारी गराएको जिल्ला संयोजक केसीले बताए । कक्षामा आर्थिक आम्दानीको स्रोतका बारेमा पनि छलफल गराइने गरेको बताएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ