arrow

के मेस्सीले २०१२को चेल्सी बिरुद्धको पेनाल्टी 'मिस'लाई बिर्साउनेछन् ? 

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
messi-barcelona.jpg

काठमाडौं। बुधबार बिहान च्याम्पियन्स लिग अन्तर्गतअन्तिम १६को खेलमा स्पेनिस क्लब बार्सिलोना र ईङलिश क्लब चेल्सी आमने सामने हुँदैछन्। 

सन् २००६ देखि २०१२ बिच चेल्सी र बार्सिलोना आठ पटक आमने -सामने भएका छन्। ६सय ५५ मिनेटको खेल खेलेका मेस्सीले कुनै गोल गर्न सकेका छैनन्। सन् २०१२मा उनले महत्वपुर्ण पेनाल्टी मिस गरेका थिए।

उनले हानेको बल पोलमा ठोक्किएर गोल हुनसकेको थिएन। उक्त च्याम्पियन्स लिग चेल्सीले जितेको थियो। सेमीफाईनलमा उनले गरेको पेनाल्टी मिसले गर्दा बार्सा फाईनल प्रवेशबाट रोकिएको थियो। 

मेस्सीले कोपा अमेरिका २०१६मा पनि फाईनलमा पेनाल्टी मार्फत गोल गर्न सकेका थिएनन्। महत्वपुर्ण खेलमा मेस्सीको पेनाल्टी चुक्ने गरेको छ। के यसपाली त्यस्तो कुनै पेनाल्टी पाएमा उनले नै उक्त पेनाल्टी हान्छन वा अरु कोही खेलाडीले उक्त मौका पाउँछ ? यो त समयले नै बताउला । 

दुई बिचको खेलमा सबैभन्दा गफ हुने बिषय बार्सा स्टार लियोनल मेस्सी हुन्। मेस्सी अहिलेको विशव फुटबलका एक उत्कृष्ट खेलाडी हुन् तर उनले चेल्सीसँगको आठ खेलमा कुनै पनि गोल गर्न सकेका छैनन्। मेस्सी र गोल एक अर्काका परिपुरक जस्तो रहेको छ। 

चेल्सी बिरुद्ध च्याम्पियन्स लिगको खेलमा के मेस्सीले गोल गर्छन ? अहिले विश्वका फुटबल प्रेमीहरुको गफको बिषय रहेको छ। 

च्याम्पियन्स लिगमा ९७ गोल गरिसकेका लियोनल मेस्सी १०० गोलको किर्तिमानी अंक छुन तीन गोलले पछि रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ