arrow

आलुमा आत्मनिर्भर बन्दै बझाङ

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ फागुन ८ मंगलबार
alu_(1).JPG

बझाङ । जयपृथ्वी नगरपालीका ११ मयाना घरभएकी पार्वती धामी सहित उनिसंग आलु बिक्रि गर्न आएका अन्य महिलाहरुलाई सोमबार आलुका भारी विक्री गर्न बजार डुल्नु पर्यो ।

समुहमा लागु खेती गर्दै आएकी मयानाका महिलाहरु चैनपुर बजारमा प्राय तीन चार बटा तरकारी पसलमा बेच्ने  गर्छन । हाम्रो सधै आलु बेच्ने  तरकारी पसलमा आजकाल अन्य महिला समुहवाट पनि आलु आउने हुदाँ  साहुजीले  आलु अन्य महिलाहरु वाट किनि सकेको रहेछ  चैनपुर बजारमा आलु  विक्री गर्न भारी बोकेर हिड्दै गरेकी सुनिता धामीले भनिन् २० रुपैया केजी आलु दिन्छु भने पनि आजकल विक्री कमै हुन्छन् । स्थानिय उत्पादन गरिएका आलु बजारमा अहिले धेरै ठाँउवाट आउने हुदाँ बझाडमा आलुको उत्पादन बढी भएर सवै किसानको सहजै विक्री हुदैन ।

आलुको पोकेट क्षेत्र मानेको मयानाका अधिकांश घरका महिलाहरु आलुखेती गर्ने गर्दछन् । स्थानिय अर्गानिक मानिने मयानाको आलु  जिल्लाकै प्रख्यात मानिन्छ । गत वर्ष ५० कुन्टल आलु विक्री गरेकी पार्वतीले यसवर्ष २० कुन्टल आलु विक्री गर्नु भयो । मयाना जस्तै कैलाश , दौलीचौर सुर्मामा पनि व्यावसायिक रुपमा आलु खेती गरिन थालेको छ ।

बझाडको लागु अर्गानीक भएकाले यसको माग काठमाण्डौ धनगढी सम्म पनि हुने गरेको छ । केहि वर्ष अगाडी आलु सहित अन्य तरकारीहरु सवै धनगढी डडेल्धुरा वाट ल्याउनु पर्थ्यो लामो समय चैनपुरमा तरकारी पसल राखेका लोकेश ओलीले भने अहिले अन्य तरकारी तलवाट ल्याए पनि आलु भने बझाडमै प्रसस्त उत्पादन हुन थालेको छ  । गत वर्ष उनले २ सय कुन्टल बझाडको लागु धनगढी पठाएका सुनाए । यसपाली पनि १० / १५ कुन्टल तराईका व्यापारीहरुले यहाँको आलु पठाई दिनु भनेर माग भएको छ उनले भने ।

बझाडको आलु  खानामा स्वादिलो र अर्गानिक भएकाले बाहिर जिल्ला माग बढ्दै गएको छ । अन्य तरकारी टामटर काउली प्याज बन्दाहरु तराई वाट नै ल्याउने परेको सुनाउने अर्का व्यापारी दिनेश भाटले भने आलुको ८० प्रतिशत माग जिल्लाकै उत्पादनले भ्याएको छ । केहि वर्ष अजाडी गाँउवाट आलुका भारी आए भने किन्नलाई हानथाप गर्नु पर्थ्यो उनले थपे अहिले बजारमा फालाफाल आलु आउछ ।
 
जिल्ला कृर्षि कार्यालय लगायत अन्य संघ संस्थाहरुले पनि बझाडमा आलु खेतीको सम्भावना भएकाले आलु उत्पादनमा जोड दिदै आएका छन् । छान्नामा ग्रामिण स्वालम्वन परियोजना मार्फत १ हजार भन्दा बढी परिवारहरुले   आलु खेती गर्दै आएका कार्यक्रम संयोजक शिवराज जोशीले वताए ।

 छान्ना जस्तै बुगोल नगरपालीका थलारा छविसपाथीभेरा गाँउपालीकामा पनि सामुहिक वा व्यक्तिगत रुपमा ठुल ठुलो खेतमा आलु खेती गरिदै आएको छ । खप्तड छान्ना गाँउपालिकाका अध्यक्ष बर्क रोकायाले छान्नाका बिभिन्न ठाँउमा २० हजार कुन्टल आलु उत्पादन हुने गरि व्यवसायिक खेती गर्न लगाएको र यसको बजारी करण गाँउपालीका मार्फत गरिने व्यवस्था गरेको सुनाए ।
 
जिल्लाको उच्च लेकाली भेगमा आलु खेतीलाई व्यावसायिक करण गरिदै आएको छ । बझाडमा स्थानिय आलु र चोतोको  राम्रो खेती गरिने प्रचलन रहेछ जिल्ला कृर्षि कार्यालय प्रमुख राजेश केसीले बताए । आलुखेतीका लागी जिल्लाका विभन्न ठाँउमा पोकट क्षेत्रहरु र्निधारण गरेर किसानहरु लाई तालिम सहित विउहरु अनुदानमा दिए पछि आलु उत्पादन ह्रवात्तै बढेको हो ।

 पहिलो चरणमा आलु र पछि  अन्य तरकारीमा पनि आत्म र्निभर गर्ने योजना रहेको पनि उनको भनाई छ  । तरकारी लगाउन खासै चाँसो नदिने बझाड्गीहरु हाल परम्परागत खेती भन्दा व्यवसायिक खेतीमा जोड दिन थालेका छन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ