arrow

देउवाको गढमै संस्थापन पक्षको प्यानलै विजयी

logo
देवानन्द न्यौपाने ।
प्रकाशित २०७२ माघ १७ आइतबार
sushil-deuba.jpg.jpeg
कैलाली । सुदुरपश्चिमलाई काँग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाको गढ मानिन्छ । तर कैलालीको एउटा नगरअधिवेशनमा देउवा पक्ष पुरै फालिएर संस्थापन पक्षको प्यानलै विजयी भएको छ । 
 
कैलालीको लम्कीचुहा नगरपालिकाको अधिवेशनबाट काग्रेस नगर सभापतिमा रामबहादुर बिष्ट सहित पुरै प्यानल निर्बाचित भएको छ । विष्ट नेतृत्वको प्यानलाई संस्थापन पक्षको रुपमा लिईन्छ । निर्बाचित भएका नगर सभापति बिष्टले १ सय ६४ मत ल्याएका छन् भने उनका प्रतिद्धन्दी लवबहादुर शाहीले ८९ मत ल्याएका छन् । 
 
नगर सचिवमा पुष्प शाही पुकारले १ सय ५४ मत ल्याएर र्निबाचित भएका छन भने उनका प्रतिद्धन्दी बुद्धि प्रसाद खानालले ८१ मत ल्याए । कोषाध्यक्षमा गिता ओली १ सय ६७ मत ल्यायर निर्बाचित भईन भने उनका निकटतम प्रतिद्धन्दी नैनबहादुर चौधरीले ६६ मत मात्र ल्याउन सफल भए । 
 
त्यस्तैै सदस्यहरुमा खुल्ला तर्फ पनि महासमिति सदस्य कमल शाह निकट प्यानबाट हेमन्त बस्नेतले २ सय ५ मत, ईश्वरी देवकोटाले २ सय ४ मत, केशवप्रसाद उपाध्यायले १ सय ९६ मत, चरना शाहीले १ सय ९४ मत, जगराम चौधरीले १ सय ९६ मत, भरत रावलले १ सय ९१ मत, नारायण रेग्मीले १ सय ७१ मत, जिमदार चौधरीले १ सय ६६ मत ल्याएर र्निबाचित भएका छन् । 
 
दलित कोटामा क्षेत्रीय प्रतिनिधिको लागि शाह प्यनल निकट मानिने शंकर मित्रीले १ सय ८४, लोकेश मयालले १ सय ८०, भोटे कामिले १ सय ७९ मत ल्यायर र्निबाचित भएका छन । उनका प्रतिद्धन्दी हिम रावल निकट प्यानल मानिने नानेदर्जिले ७८ मत ल्याएका छन । कुल मत संख्या ३ सय ३३ रहेकोमा २ सय ९१ मत मात्र खसेको निर्बाचन अधिकृत झनबराज ओझाले जानकारी दिए । 
 
यसैबिच क्षेत्रीय प्रतिनिधिमा आदीबासि जनजाति कोटामा खड्क बुढामगर, हिरादेवि कठरीया, आशाराम चौधरी र अल्पसंख्यङख, मुिश्लम, पिछडिएको बर्गबाट विरेन्द्र राय, कृष्ण धमाला, नविन हुसेन र्निबिरोध चयन भएका निर्बाचन अधिकृत झनकराज ओझाले बताए । 
 
सभापति र सचिव लगाएत पुरै प्यानल विजयी भएको रामबहादुर विष्टको टीम दोस्रो संबिधान सभामा यस क्षेत्रका उम्मेदार तथा महासमिति सदस्य कमल शाहका निकट प्यानल हो भने अर्को उम्मेदार लवबहादुर शाहीको प्यानल महासमिति सदस्य हिम रावल निकट मानिदै आएको छ । शाह संस्थापन पक्ष र रावल देउवा निकट भनेर चिनिन्छन् । 
 
त्यसैगरी, नेपाली काँग्रेस घोडाघोडी नगरपालिकाको नगर सभापतिमा कालिराम चौधरी निर्बाचित हुनु भएका छन् । उनले १ सय ५ मत ल्याएर निर्बाचित भएका हुन् । उनका प्रतिद्धन्दी बमबहादुर सिंहले ६३ मत ल्याएका थिए । यस्तै नगर सचिवमा दिपक राज जोशीले ८३ मत ल्याएर र्निबाचित भएका छन् । 
 
कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडि, टीकापुर, भजनि त्रिशक्ति, अत्तरीया नगरपालिका नगरपालिकामा पनि सौहार्दपुर्वक अधिवेशन सम्पन्न भएको छ। 
 
काँग्रेसको अव २२ गते हुने क्षेत्रीय अधिवेशनका लागि कैलाली क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति हुन बर्तमान क्षेत्रीय सभापति देवानन्द जैशी र भक्त बहादुर थापाले उम्मेदारी दिने तयारी गरेका छन् । बर्तमान क्षेत्रीय सभापति देवानन्द जैशी हिमबहादुर रावल निकट मानिन्छन भने भक्त बहादुर थापा कमल शाह प्यानलका मानिन्छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ