arrow

जनप्रतिनिधि नै निस्किए बजार सरसफाईमा

प्रजातन्त्र दिवसको अबसरमा बजार सरसफाई

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
ganapratinidhui.jpg

पाल्पा । ६८ औं प्रजातन्त्र दिवसको अबसरमा जिल्लाको रामपुर बजारमा भने सधै भन्दा फरक वातावरण देखियो । स्थानिय तहका जनप्रतिनिधिहरु एकाएक बिहानै बजार चोकमा भेला भएका थिए । केही बेरमा नै सरोकारवालाहरु उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन र सिमित बजार बासीको जमघट बढ्यो । रामपुरको मुख्य बजार चोकमा जमघट बाक्लिदै गएको थियो । बजार चोकमा जम्मा भई हातमा ग्लोव र मास्क लगाउन थालेपछि बजारबासीले नयाँ अनुभुति गरेको बताए ।

रामपुर नगरपालिकाका नगर प्रमुुख रमण बहादुर थापा, उपप्रमुख बिष्णु देवी आचार्य घिमिरे सहित नगर कार्यपालिका सदस्य, वडा अध्यक्ष, उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी र नजिकका व्यापारी व्यबसायी सरसफाईमा जुुटेका थिए । जनप्रतिनिधिको अगुवाईमा एकाबिहानै बजारमा चलेको सरसफाई अभियानमा वरपरका व्यापारी व्यबसायी पनि सडकमा निस्किएर फोहोर व्यबस्थापनमा जुटेका थिए ।  

नगर प्रमुख थापाको नेतृत्वमा बजार सरसफाईमा निस्किएको टोलीलाई नगरका जनप्रतिनिधिहरु, उद्योग वाणिज्य संघ, प्रहरी प्रशासनदेखि उद्योगी, व्यापारी व्यबसायीले साथ दिए । प्रजातन्त्र दिवसको अबसर पारेर रामपुर नगरपालिकाले सबेरै रामपुर बजारको बिभिन्न चोक तथा सडकखण्डमा सरसफाई गरेको हो ।

 सधै सोही बाटो नाक धुनेर हिड्ने जनप्रतिनिधिदेखि सेवाग्राही र बजारबासी मिलेर बजारमा जथाभावी फालिएका फोहोर व्यवस्थापन गरेका छन् । हातमा कुचो, साबेल र बाल्टी लिएर बजारमा फालिएका प्लाष्ट्रिक टिप्ने, झाँडी फाड्ने तथा अन्य फोहोर सङ्कलन गरे । सङ्कलित फोहोर उठाउन रामपुर नगरपालिकाको ट्रिपरको प्रयोग गरिएको थियो । फोहोर टिपेर बाल्टीमा राख्दै ट्रिपरमा सङ्कलन गर्न खन्याउन थालेपछि घरभित्रका फोहोर र घर वरपरका फोहोर घरधनी तथा भाडामा बस्नेले ट्रिपरमा खन्याउन भ्याएका थिए । घर अगाडी र दायाँबायाँ फोहोर फाल्ने व्यापारी तथा स्थानियहरु स्वतस्र्फुत सफा गर्न तल्लिन देखिन्थे । घरको आसपासमा फोहोर थुपार्र्नेलाई टोलीले अभियानमा सँगै भएर फोहोर सफा गर्न लगाए ।

बजारबासीलाई सरसफाई प्रति जिम्मेवार बनाउन दिवसको अबसरमा सरसफाई अभियान चलाइएको नगर प्रमुख रमण बहादुर थापाले बताए । फोहोर सङ्कलन भन्दा पनि जथाभाबी फोहोर नगर्न सुझाएका हौ थापाले भने–घरबाट स्वतः दैनिक फोहोर निस्कन्छ तर यसको उचित व्यबस्थापनका लागि रचनात्मक कार्य गरेको बताए । अब नगरपालिकाले सबै सरोकारवालाहरुसँगको समन्वयमा नियमित सरसफाई गर्ने समेत बताए । नगरपालिकाले दिवसको अबसर पारेर भएपनि राम्रो कार्य गरेको व्यापारी बिष्णु सिग्देलले बताए ।

 टोलीले बजारको तल्लो चोक, दरैटोल, हुलाक टोल, नहर अफिस क्षेत्र वरपरको फोहर संकलन गरी व्यवस्थापन गरेको थियो । सरसफाईका क्रममा जनप्रतिनीधिको टोलीले टोल–टोलमा नियमित सरसफाई गर्न र फोहोरको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । रामपुर नगरपालिकाका नगर उपप्रमुुख बिष्णुदेवी घिमिरेले बजारलाई सफा राख्ने अभियानको सुरुवात भएको बताइन् । स्थानियहरुलाई सरसफाईमा जागरुक गराउन अभियान थाल्ने उनले बताइन् । बेझाँड सिटी मेडिकल हलका सञ्चालक अमृत काफ्लेले बजार ठुलो क्षेत्रमा फैलिएकाले स्थानिय निकायले प्रत्येक हप्ता बिभिन्न संस्थाको समन्वयमा बजारका बिभिन्न ठाउँको सरसफाई कार्यक्रमलाई निरन्तरता दिएर नगरले नमुना कार्यको थालनी गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ