arrow

अमेरिका बसेर पुनर्वासका गरीवको शिक्षामा सहायता गर्ने शिवको संकल्प

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७४ फागुन ९ बुधबार
shiva1.jpg

पुनर्वास । पश्चिम नेपालको कञ्चनपुर स्थित सिमान्त क्षेत्र पुनर्वासमा जन्मेर हुर्किइ प्रवासी युवा शिवले गाउँका गरीब बस्तीका बिद्यार्थीहरुको शिक्षा आर्जनको लागि सहायता गर्ने घोषणा गरेका छन् ।

पुनर्वासको गाउँमा जन्मिएका शिव बिष्टले बिगतदेखिनै  पुनर्वासका गरीव  समुदायका बालबालिकाको शिक्षा आर्जनमा सघाउ पुर्याउन सहायता गर्दै आएका छन् ।  

गरिबी र अभावको मार खेप्दै आएको पुनर्वासको बिपन्न समुदायका बालबालिकाको शैक्षिक बिकासका लागि बिगत एक वर्षदेखि आर्थिक सहायता जुटाउँदै आएका पुनर्वासी युवा शिव  दाहरणीय बन्न पुगेका छन् । रोजगारीको शिलशिलामा उनी  हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । 

एक वर्षअघि गरिब समुदाय पुनर्वासको ङ गाउँस्थित बालजागृती प्राविका  स्कुले बालबालिकाको निम्ति न्यानो लुगा दिन ५० हजार रुपैयाँ  सहायता गरेका थिए । 

यस पटक बिपन्न बिद्यार्थीहरुको शैक्षिक साहायताका लागि शिवले ३० हजार राशी छुट्टाएको बताएका छन् । 

गरिब तथा बिपन्न बालबालिकाको निम्ति साहायता जुटाउदै आएका शिव भन्छन् – सधै अभाव र शैक्षिक पहुँच नभएको पुनर्वासको गगाउँमा जन्मेको शिक्षाको महत्व बुझेको युवा हुँ तसर्थ मेरो गाउँ ठाउँका बस्तीहरुको पीडा देखेको र भोगेकोले शिक्षा आर्जनका लागि मैले मेरो गाउँमा केहि न केही गर्नु पर्छ भन्ने लागेरनै साहायता जुटाउन लागेको हुँ । 

उनी भन्छन् – मेरो सानो साहायताले तन भरी लुगा,किताब शैक्षिक अभ्यासकालागी कापी कलमको अभाव केही हद सम्म पूरा गर्न सकोस यहि भएर प्रवासमै बसेर भए पनि केही न केही सहयोग गर्ने मन लागेर मैले साहायताका लागि अर्थ जुटाउन थालेको हुँ । 

 प्रवासमा बसेर पुनर्वासका बिपन्न समुदायका बालबालिकाको शैक्षिक बिकासमा साहायता जुटाउदै आएका शिवले जुटाई दिएको सहायतालाई राडा नेपाल नामक गैर सरकारी संस्थाले परिचालन गर्दै आएको छ । 

शिव भन्छन् –मैले पुनर्वासका बिपन्न बालबालिका हरुकालागी पठाएको आर्थिक साहायता पुनर्वासमा कृयाशिल गैसस राडा नेपालले बिधालय छनौट र सहायता सामग्री बितरण गर्दै आएको छ । 

रोजगारीका लागि प्रवासमा बसेका मात्रै नभएर स्वदेशमै रहेका अरु युवाहरुले पनि मनकारी शिवको कामको अनुसरण र सहायता जुटाउन केही न केही पहल हुन सके पुनर्वास मात्रै होइन देशकै अन्यत्रका बिपन्न बालबालिकाको शिक्षा क्षेत्रमा सघाउ पुग्न सक्थ्यो ।

प्रवासमा बसेर बिपन्न बालबालिकालाई सहायता जुटाउन कृयाशिल शिव बिष्ट को हुन त ?

बिक्रम सम्बत २०३३ फागुन ७ गते बुवा बिश्वनाथ बिष्ट र माता विष्णुकुमारी बिष्ट को कोखबाट शिव बिष्टको जन्म भएको हो । 

उनी प्रारम्भिक शिक्षा गाउँकै बिधालयबाट हासिल गरेका शिवले एसएलसी तत्कालिन पुनर्वास जनता मावि बाट पुरा गरे । स्नातकोत्तर सम्मको शिक्षा आर्जन गरेका शिवको बुबा आमा सामाजिक क्षेत्रमा कृयाशिल भएकाले नै उनमा सामाजिक कार्यमा लाग्न प्रेरणा मिलेको शिव बताउँछन् । 

यसैकारण पुनर्वासमा राडा नेपाल संस्था गठन गरि संस्थाको सस्थापक अध्यक्ष समेत रहेर पुनर्वासमा बाताबरणीय सुधार का संघै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका शिव बिगत २ वर्ष देखि रोजगारीको शिलशिलामा अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ