arrow

खेतबारीमै मास्टर पुगेपछि रुकुमेली किसानमा परिवर्तन

logo
लोकेन्द्र खनाल
प्रकाशित २०७४ फागुन ९ बुधबार
Rukum_District.png

रुकुम । जिल्लाका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषि उपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न थालेका छन् । 

आफ्नो खेतबारीमा उत्पादन हुँदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले कृषक पाठशालामार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका छन् । 

परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै कृषि उत्पादन गर्दै आएका छन् । 

जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत साविकका १४ वटा गाविसका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनकाबीचमा तुलना गर्दै उत्पादन गर्दै नयाँ प्रविधिका विषयमा सिक्दा कृषि उत्पादनमा समेत वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका रुकुमका बरिष्ठ कृषि विकास अधिकृत राजेश साहले जानकारी दिए ।

कृषक पाठशाला मार्फत उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने योजनाले पाठशाला सञ्चालन गरिएको उनले बताए । 

कृषिक समूह गठन गरी पाठशालामा सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको साहले बताए । 

जिल्ला भरमा यो बर्ष ३० ठाउँमा पाठशाला सञ्चालन गरिएको र त्यसबाट पाँच सय भन्दा बढि किसानले उन्नत कृषि प्रविधिका बारेमा खेतबारीमै जानकारी पाएको उनको भनाई छ । 

कृषकलाई खेतमै पुगेर सिकाउने हुँदा पाठशाला प्रभावकारी रहेको सिम्लीका कृषक रामबहादुर खड्काले बताए । 

यसअघि पाठशाला सञ्चालन नहुँदा कृषि प्राविधिकलाई देख्नसमेत पाइदैनथ्यो कृषक खड्काले भने, तर अहिले प्राविधिकले खेतबारीमै हामीलाई पढाउँछन् । 

पाठशालामा सिकेको सीप र ज्ञान प्रयोग गर्दा अहिले उत्पादनमा समेत वृद्धि भएको उनको भनाई छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ