arrow

डीपीएल-२ क्रिकेटको खेलाडी 'अक्सन' सम्पन्न, चार खेलाडी १ लाख ५० हजारमा बिक्री

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
DPL_2_Auction.jpg

काठमाडौं। धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीइल)को दोस्रो संस्करणकालागि खेलाडीहरुको 'अक्सन' समाप्त भएको छ। उक्त खेलाडी लिलामीमा ७२ खेलाडी बिक्री भएका छन्। 

लिलामीमा ६ टोलीले ७२ खेलाडीकालागि भाउ लगाएका थिए। उक्त लिलामीमा चार खेलाडी सबैभन्दा महंगो मुल्यमा बिक्री भएका हुन्। महगो खेलाडीहरुमा करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख रहेका छन्। उनीहरु १ लाख ५० हजारमा बिक्री भएका हुन्। 

करण र आरिफ महेन्द्रनगरयुनाईटेडबाट खेल्ने छन् भने सागरलाई रुपन्देही च्यालेन्जर्स र बसन्तलाई बिराटनगर किंग्सले खरिद गरेको हो। 

सबै टोलीले रणनेतिक खेलाडीका रुपमा १-१ खेलाडी पहिल्यै चयन गरिसकेको थियो। रणनैतिक खेलाडीहरुमा बिराटनगरले पारस खड्का , काठमाडौले ज्ञानेन्द्र मल्ल, अत्तरियाले दिपेन्द्र सिंह ऐरी, रुपन्देहीले शक्ति गौचन, महेन्द्रनगरले बिनोद भण्डारी र धनगढीले सोमपाल कामीलाई छनौट गरिसकेको थियो। उनीहरुको मुल्य भने सार्वजनिक गरिएको छैन। 

१ लाख २० हजारमा पृथु बासकोटा र नरेश बिढाएर बिक्री भएका हुन्। पृथुलाई बिराटनगरले र नरेशलाई काठमाडौंले खरिद गरेका थिए।

त्यसैगरि ५ खेलाडी ८० हजारमा बिक्री भएका छन्। जितेन्द्र मुखियालाई रुपन्देहीले ९० हजार, राजेश पुलामीलाई  धनगढीले ८० हजार र अभिनाष कर्णलाई महेन्द्रनगरले ८० हजारमा क्लबमा भित्राएको छ । यस्तै प्रदीप ऐरीलाई रुपन्देहीले ८० हजारमा खरिद गर्दा सुबास खकुरेललाई अत्तरियाले ८० हजार मै किनेको छ ।

धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा चैत १७ गतेदेखि वैशाख १ सम्म डीपीएल सञ्चालन हुनेछ । 

दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ