१ करोड ५० लाखको लागतमा बनेको पञ्चेबाजा प्रदर्शनकालागि तयार (ट्रेलर सहित)
प्रकाशित २०७४ फागुन ९ बुधबार
271
Shares
पोखरा । दर्शकलाई मनोरञ्जनको ‘शतप्रतिशत ग्यारेन्टी’ दिने दाबा गर्दै फिल्म पञ्चेबाजाको यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको छ । फागुन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म पञ्चेबाजाको प्रचार अभियान अन्तरगत पोखरा आएको टोलीले यो दाबी पेश गरेको हो ।
‘दर्शकलाई मनोरञ्जन दिने कुरामा हामीले ग्यारेन्टी लिन सक्छौँ ।’ निर्देशक घनश्याम लामिछानेले भने–‘दर्शकले हामीलाई गाली अवश्य गर्नेछैनन् ।’ फिल्मको कथावस्तु नै त्यस्तै भएकोले दर्शकले यसलाई निकै रुचाउने उनको तर्क थियो ।
१ करोड पचास लाख भन्दा बढीको लागतमा निर्माण भएको चलचित्रमा स्क्रिप्ट, स्क्रिनप्ले आदीमा अधिकतम मिहिनेत गरिएको निर्माण पक्षको दाबी रहेको छ।
नेपाली फिल्मको कस्तो धारलाई दर्शकले ठ्याक्कै रुचाईरहेका छन् भन्ने अझै यकिनका साथ भन्न सकिने अवस्था छैन । यद्यपी फिल्म पञ्चेबाजाको टोलीले आफ्नो दाबी खेर नजाने बताउँदै आएको छ ।
चल्तीका कलाकारहरु, फिल्मका लागि आवश्यक मसलेदार ‘स्क्रिप्ट’ र ‘स्क्रिनप्ले’को आधार पेश गर्दै निर्देशक लामिछानेले भने–‘हामीले भनेको कुरालाई साक्षात महशुस गर्नका लागि फिल्म हेर्न म सम्पूर्ण दर्शकहरुलाई आग्रह गर्दछु ।’