arrow

भारत-अफ्रिका टि-२० शृखंला बराबर, अन्तिम खेलले बिजेता फैसला गर्ने 

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
india-south-africa.jpg

काठमाडौं। भारत बिरुद्धको दोस्रो टि-२० क्रिकेटमा दक्षिण अफ्रिका ६ विकेटले बिजयी भएको छ। 

टस जितेर भारतलाई ब्याटीङ गर्न निम्त्याएको अफ्रिकाले शुरुमा कसिलो बलिङ गरेको थियो। भारतले खाता नखोल्दै रोहित शर्मालाई गुमाएको थियो। फर्ममा रहेका भारतीय कप्तान बिराट कोहली १ रन मात्र बनाएर पेवेलियन फर्केका थिए। 

भारतकालागि मनिस पाण्डे र पुर्व कप्तान महेन्द्र सिंह धोनीले ९८ रनको साझैदारी गर्दै ४ विकेटको क्षतिमा १८८ रन भारतीय टोलीले बनाएको थियो। 

पाण्डेले ४८ बलमा ७९ रन बनाएका थिए भने धोनीले २८ बलमा ५२ रनको योगदान गरेका थिए। अफ्रिकाका कार्ल डालाले ४ ओभरमा १ मेडेन सहित २८ रन खर्चिंदै २ विेकट लिएका थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको अफ्रिकाले १८९ रनको लक्ष्य १८.४ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गरेको थियो। 

अफ्रिकाकालागि हेन्रिक क्लासेनले बिस्फोटक ब्याटीङ गर्दै ३० बलमा ७ छक्का र तीन चौकाको मदतले ६९ रन बनाएका थिए। त्यसैगरि कप्तान जेपी डुमिनीले ४० बलमा ६४ रन बनाएका थिए। 

भारतकालागि जयदेव उनाड्कटले २ विकेट लिएका थिए। तीन खेलको शृखंलामा पहिलो खेल भारतले जितेको थियो भने दोस्रो अफ्रिकाले जितेको थियो। अब अण्तिम खेलले शृखंलाको निर्णय गर्ने छ। फेब्रुअरी २४मा अन्तिम खेल खेलिने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ