arrow

राष्ट्रपतिको निर्वाचन २९ गते, २३ गते उम्मेदवारी दर्ता

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
election-commission.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । आयोगको विहिबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिित फागुन २९ गतेलाई तोकेको हो ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार २३ गते उम्मेदवारी दर्ताको तोकिएको छ । यस्तै, २१ गते मतदाता नामावली प्रकाशित हुने तालिका छ । २३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पूरा गरेर २४ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

२९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । त्यही दिन ४ बजेबाट मतगणना सुरु र परिणाम घोषणा हुने बताइएको छ । राष्ट्रपति चुन्न प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । कुनै पनि उम्मेदवारले निर्वाचक मण्डलको कुल सदस्यको बहुमत प्राप्त नगरे फेरि मतदान गराइने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ