arrow

महिला राष्ट्रिय क्रिकेटको सेमीफाईनलमा पुर्वाञ्चल र मध्यामञ्चल तथा सुदुरपश्चिम र एपीएफ भिड्ने

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
women-cricket1.jpg

कैलाली। धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको सेमीफाईनल समिकरण पुरा भएको छ। सेमीफाईनलमा पुग्ने अन्तीम टोलीको शुक्रवारको खेल टुङगो लागेसंगै सेमीफाईनल समिकरण पुरा भएको हो। 

शुक्रवार भएको पहिलो खेलमा पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल माथी ९८ रनको सानदार जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएको हो। शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिम माथी १२ रनको जित हात पारेको छ। 

शुक्रवारको पहिलो खेलमा नेपाली टोलीकी कप्तान समेत रहेकी पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्रीको उत्कृष्ट प्रदर्शनले पुर्वाञ्चलले मध्यपश्चिमाञ्चल विरुद्ध फराकीलो जित दर्ता गरेको हो। टस जितेर व्याटीङ गरेको पुर्वाञ्चलले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतीमा १ सय ३४ रन बनायो। पुर्वाञ्चलका लागी काजोल श्रेष्ठले ४२, कप्तान रुवीना क्षेत्रीले ४१ र रोमा थापाले २५ रनको योगदान दिईन्।

तेश्रो विकेटका लागी क्षेत्री र श्रेष्ठले ६८ रनको साझेदारी गरेकी थिईन्। मध्यपश्चिमाञ्चलकी निरुपमा गिरी, नेरी थापा, साया बस्नेतले समान १-१ विकेट लिईन्। १ सय ३५ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको मध्यपश्चिमाञ्लले १९ ओभरमा सबै विकेट गुमाउदै ३६ रन मात्रै बनाउन सक्यो। मध्यपश्चिमाञ्चलले १२ रन अतिरिक्त पाएको थियो। 

मध्यपश्चिमालका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् भने ४ खेलाडीले खाता समेत खोल्न सकेनन्। उस्का लागी सिता मगरले ६ तथा शान्ती खत्री र श्रृष्टी डाँगीले समान ४-४ रन बनाए।

मध्यपश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्र, अनुपमा चौधरी र संगम तामाङले समान २-२ विकेट लिईन्। खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच पुर्वाञ्चलकी कप्तान रुवीना क्षेत्री भईन् । शुक्रवार नै भएको दोश्रो खेलमा मध्यमाञ्चलले सुदुरपश्चिममाथी १२ रनको जित निकालेको छ । टस जितेर व्याटीङ गरेको मध्यमाञ्चलले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५ रन बनायो। 

मध्यमाञ्चलका लागी सिता श्रेष्ठले २३, अस्मीता खरेलले २२ तथा रोशनी बोहरा र कप्तान आरती विराडीले १४-१४ रनको योगदान दिईन् । दोश्रो विकेटका लागी रोशनी र अस्मीताले २९ रनको साझेदारी गर्दै मध्यमाञ्चलको सम्मानजनक योगफल तयार पारेकी हुन् ।

बलीङमा सुदुरपश्चिमकी कविता जोशीले ४ तथा कविता कुवर र लक्ष्मी साउदले समान १-१ विकेट लिईन् । १ सय ६ रनको मध्यम लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोली सुदुरपश्चिमले उत्कृष्ट सुरुवातका वावजुद हार व्यहोर्न परेको हो। सुदुरपश्चिमलले २० ओभरमा ३ विकेटको क्षतीमा ९३ रन मात्रै बनाउन सक्यो। 

सुदुरपश्चिमका लागी सुरुवाती खेलाडी कविता कुँवर र कप्तान मञ्जु वोगटीले ३६ रनको साझेदारी गरेकी थिईन् । कविताले २२ रन बनाईन् भने कप्तान मञ्जुले ८ रन बनाईन्। बलीङमा उतकृष्ट प्रदर्शन गरेर तेश्रो नम्वरमा व्याटीङ गर्न आएकी कविता जोशीले अविजीत रहदै ३९ रन बनाएपनि आफ्नो टिमलाई जिताउन सकिनन् ।

मध्यमाञ्चलका लागी सुमन खतिवडा र रोजी कडारीले समान १-१ विकेट लिईन्। खेलको नेपाल वेष्टर्न एकेडेमी प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भईन् । 

फाईनल प्रवेशका लागी मध्यमाञ्चलले समुह ए को विजेता बन्दै समुह वि को उप विजेता पुर्वाञ्चलको सामाना गर्ने भएको छ भने सुदुरपश्चिमलले समुह वि को विजेता विभागीय टोली एपीएफको सामाना गर्ने भएको छ। 

सेमीफाईनलका दुवै खेल शनिवार फाप्ला क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ