arrow

प्रथम मेयर कपको उपाधि फेमस क्लवलाई 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
kapilbastu_khelkud.jpg

कपिलवस्तु । कपिलवस्तु नगरपालिका तौलिहवाद्वारा आयोजित प्रथम मेयर कपको उपाधि फेमस क्लव भएको छ। स्टार क्लवलाई ६३ रनमा सिमित पार्दै उसले ५२ रनले खेल जितेको हो । यससँगै फेमसले नगद २५  हजार समेत प्राप्त गरेको छ । 

पहिलो ब्याटिङ गर्दै जगदशीपुरले निर्धारित २० ओभरको खेलमा ९ विकेटमा क्षतिमा १ सय १५ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको स्टार क्लव ११ ओभरमा सबै विकेट गुमायो । फेमसको तर्फबाट रबिन क्षेत्रीले ३९ र केशव गिरिले २१ रन जोडे । स्टारका विशालले ५ र हबीबुल्लाहले २ बिकेट लिए । 

स्टारका बिशाल मौयले १८ रन बनाए । फेमसका रबनिले ४ र बिशालले ३ विकेट लिए । उपबिजेता स्टारले २० हजार नगद पायो । फार्इनल म्यान अफ द म्याच फेमसका रबिन क्षेत्री भए । यस्तै प्रतियोगितामा कुल १ सय २७ रन र ४ विकेट लिएका स्टारका शंकर राना मेन अफ द सिरिज घोषित भए । बिजयी टोलीलाई कप, नगद, मेडल, प्रमाण पत्र पूर्वमन्त्री दिप कुमार उपाध्यायले प्रदान गरेका थिए । 

यस्तै, उपबिजेतालाई मेयर किरण सिंहले पुरस्कार दिएका थिए । अन्य खेलका म्यान अफ द म्याचलाई समेत पुरस्कृत गरिएको थियो । प्रदेश नम्बर ५ की प्रदेश सभा सदस्य रिना नेपालले समेत खेलाडीहरुलार्इ प्रमाणपत्र र प्रशंसा पत्र बाँडेकी थिईन् । सो अवसरमा पूर्व मन्त्री उपाध्यायले प्रतियोगिताले क्रिकेट खेलको विकास र प्रतिभावान खेलाडीकालागि योगदान दिएको बताए । 

नगरपालिकाले खेलकूदलाई प्राथमिकतामा राख्नु पर्ने उनले बताए । कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले कूलतमा फसेका युवाहरुलार्इ जोगाउन प्रतियोगिता सञ्चालन गरिएको बताए । फागनु ८ देखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ