arrow

मौरिन्हो दंगः म्यान्चेस्टर युनाइटेडले हरायो चेल्सीलाई 

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
manutd4.jpg

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ ले हराएको छ ।

आइतबार राति म्यान्चेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे पनि टिमको अग्रता जोगिएन ।

त्यसपछि रोमेलु लुकाकु र जेस्सी लिंगार्डले गोल गर्दै युनाइटेडलाई विजयी गराएका हुन् ।

यो खेलले युनाइटेडका प्रशिक्षक जोेजे मौरिन्होलाई खुसी दिएको छ । उनी चेल्सीबाट यसअघि निकालिएका थिए । 

प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ७२ अंक जोडेको म्यानचेस्टर सिटी शिर्ष स्थानमा यथावत छ ।

एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेड ५९ अंकसहित दोस्रो, ५७ अंकसहित लिभरपुल तेस्रो स्थानमा छ ।

चौथो स्थानको टोटनह्यामको ५५ अंक छ ।

हारले चेल्सी भने ५३ अंकको साथ चेल्सी पाँचौ स्थानमा धकेलिएको छ । 

 

Romelu Lukaku (centre) rose to the occasion on Sunday as he scored one goal and assisted another against old club Chelsea

It was from an in-swinging Lukaku cross that substitute Jesse Lingard headed home United's winning goal in the second half

Lingard and Lukaku celebrate with a special handshake while team-mate Ashley Young pats the substitute on his back

Chelsea had earlier taken a deserved lead through Willian, who rifled into the net despite Antonio Valencia's attempted tackleMorata was seen covering his mouth as he said something to former Chelsea frontman Lukaku, with Nemanja Matic close by



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ