arrow

विश्वकप छनोट क्रिकेटः नेपाल र युएई खेल्दै 

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
world-cup-qualifiers.jpg

काठमाडौं । जिम्बाबेमा हुने आर्इसिसी विश्वकप छनोट क्रिकेटका वार्मअप खेलहरु मंगलबारबाट सुरु हुँदैछन् । 

पहिलो वार्मअप खेलमा नेपालको भिडन्त चिरपरिचित प्रतिद्धन्द्धी युएईसंग हुँदैछ । 

खेल मंगलबार दिउसो १ः१५ देखि सुरु हुनेछ । 

नेपाल र युएई वल्ड क्रिकेट लिग डिभिजन टु बाटै विश्वकप छनोट खेल्न पाएका हुन् । 

नेपालले उपाधि भिडन्तमा युएईसंग ७ रनको तितो हारको सामना गर्दै जिम्बावेको टिकट काटेको थियो । 

१० टिम सहभागी प्रतियोगितामा नेपाल समुह बी मा रहेको छ । 

नेपालको समुहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।

नेपालले प्रतियोगिताको सुरुवात गर्नुअघि दुई अभ्यास खेल खेल्दैछ । दोस्रो अभ्यास खेलमा नेपालले हङकङसँग १ मार्चमा खेल्नेछ ।

नेपालको असली भिडन्त भने ४ मार्चबाट सुरु हुनेछ । नेपालको पहिलो खेल आयोजक जिम्बावेसंगै हुनेछ । 

यसअघि विश्वकप छनोटको ट्रफी सार्वजनिक भएको छ । हरारेमा आयोजित एक विशेष समारोहबीच जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले ट्रफी सार्वजनिक गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ