arrow

अर्थमन्त्रीलाई अमिलो नमस्कार, सामान्य रुपमा बढ्यो धितोपत्र बजार

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
yubraj_1.jpg

काठमाडौं । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार मंगलबार भने केही उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा.युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले स्वागत गरेको धितोपत्र बजारका जानकारहरुले टिप्पणी गरेका छन् ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार मंगलबार ५.८६ बिन्दुले उकालो लागेर एक हजार ३६४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५१ बिन्दुले उकालो लागेर २८९.१६ बिन्दुमा पुगेको छ ।

मंगलबार कूल १५३ कम्पनीको ११ लाख ५१ हजार ९६५ कित्ता शेयर ५५ करोड ६८ लाख ६० हजार ३५७ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक र कारोबार रकममा बढोत्तरी भए पनि उपसूचक भने केही घटेका छन् भने केही बढेका छन् । बैंकिङ ५.८६, होटल ३१.२६, फाइनान्स ३.०३, अन्य ११।९ र माइक्रोफाइनान्स ०.९८ बिन्दुले उकालो लागेको छ ।

यस्तै विकास बैंक ०.३७, जलविद्युत् १.१६, बीमा २.६२ र उत्पादन समूह १०.४१ बिन्दुले ओरालो लागेको छ । लगानीकर्तामा सरकार विस्तारपछि सामान्य रुपमा प्रभाव पर्दा बजार केही उकालो लागेको जानकारहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ