arrow

विश्वासको मत : कर्णालीका मुख्यमन्त्रीलाई दुईतिहाई बढीको समर्थन

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
mahendra-bahadur-sahi.jpg

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा दुई तिहाइ बहुमत जुटाएका छन् । मंगलबार बसेको प्रदेससभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिए । संसदमा पेश गरेको विश्वासको मतसम्वन्धी प्रस्तावका पक्षमा दुईतिहाई बढी सांसदले मतदान गरे ।

बैकमा मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मत दिइयोस् भन्ने पस्ताव पेश राखे । र, सभामुख राजबहादुर शाहीले प्रस्तावमा मत विभाजन गरे । प्रस्तावको पक्षमा ३२ र विपक्षमा जम्मा ६ मत खस्यो । प्रदेश सभामा दुई तिहाईका लागि आवश्यक २८ मत । तर, विश्वासको मत सम्बन्धी प्रस्तावमा ३२ मत खसेका कारण सरकारले दुईतिहाई भन्दा बढी मत प्राप्त गरेको हो ।

अब संविधान अनुसार दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाइने छैन ।सभामुख राजबहादुर शाहीले मुख्यमन्त्रीले पेश गरेको विश्वासको मत सवन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे । संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टीले भने सरकारको विपक्षमा मतदान गरेका छन् ।

कांग्रेसका पाँच र राप्रपाका एक सांसदले विपक्षमा मतदान गरेका छन् । प्रस्तावको पक्षमा जम्मा ६ मत रहयो । कर्णालीमा कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी  प्रतिपक्षी भएका छन् । संसदमा एमालेका २० र माओवादी केन्द्रको १३ मत रहेको छ । यस्तै कांग्रेससँग ६ र राप्रपासँग एक मत छ ।

मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नीति, योजना र कामका आधारमा सरकारलाई सहयोग गर्ने बताए । उनले आफुहरु रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ